नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा सुनारी
होम राई मगर
पाल्पा / १५ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी गाउँपालिका पाल्पाको तेस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । निस्दीको पर्यटकीय स्थल काउलेडाँडाको मगर संग्रहालयमा सम्पन्न अधिवेशनले केश बहादुर सुनारीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा उमेश कुमार गाहा,महिला उपाध्यक्षमा लोकमाया सोती,सचिबमा गीम बहादुर जर्घा सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक पहलसिं सिंजालीले जानकारी दिनुभयो । त्यसैगरी सहसचिवमा खमी सरा सोमै,कोषाध्यक्षमा लिलाराम राई,सहकोषाध्यक्षमा ङनी सरा सुनारी सहित अन्य सदस्य पदमा निर्वाचित हुनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष मोहन सापकोटाले शिक्षकको पेशागत हकहितका लागि गरिएको आन्दोलनलाई शिक्षकहरुले विगतको इतिहासलाई स्मरण गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाको बिकासका लागि निस्दी गाउँपालिकाले गतेको योगदानको प्रशंसा गर्दै व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले भौतिक बिकासको परिणाम तत्काल देखिने तर शैक्षिक बिकासको उपलब्धि पाउन समय लाग्ने बताउनुभयो । कार्यक्रममा निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले शिक्षण क्रियाकलापलाई सहजता ल्याउन निस्दीमा शैक्षिक डायरीको प्रयोग गरिएको बताउनुभयो ।
कार्यक्रममा संगठनका अध्यक्ष लोक बहादुर सारुले संगठनले गरेका संगठनिक कार्य प्रगति बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेकपा एमालेका नि वर्तमान उपाध्यक्ष देवीलाल लामीछाने,गाउँ कमिटी अध्यक्ष राम बहादुर पाटा,नेपाल शिक्षक महासंघका केन्द्रिय प्रतिनिधि टिकाराम ढकाल लगायतकाले बोल्नुभएको थियो । संगठनका उपाध्यक्ष सम्झना गैरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन सचिब केश बहादुर सुनारीले गर्नुभएको हो ।








































Comments