नेपाल पावर लिफ्टिङ्ग संघ पाल्पा र तानसेन व्यायाम मन्दिरको आयोजना विविधि विधाका प्रतियाेगिता सम्पन्न
पाल्पा-नेपाल पावर लिफ्टिङ्ग संघ जिल्ला कार्यसमिति पाल्पा र तानसेन वडा न ४ मा अवस्थित तानसेन व्यायाम मन्दिरको संयुक्त आयोजनामा तानसेनको टुडिखेलमा शनिबार विविध ५ वटा विधामा कार्यक्रम सम्पन्न भएको छ । जस्मा बेन्च प्रेस,प्ल्याङ्क,डेड लिफ्ट,पुस अप र स्क्वाड प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा बेन्च प्रेस तर्फ बिनोद न्यौपाने प्रथम हुनु भएको छ । उहाँले १ सय २० केजी तौल उठाउन सफल हुनुभएको थियो । त्यस्तै द्वितीयमा पवन खाती र तृतीयमा नितेश कुमार बुढा क्षेत्र हुनु भएको छ । प्ल्याङ्क तर्फ आयुष अर्याल प्रथम हुनु भएको छ । द्वितीयमा युष्का आले र तृतीयमा ऋषिराम पोखरेल हुनुभएको छ । डेड लिफ्ट तर्फ प्रथम सरोज कार्की हुनु भएको छ । द्वितीयमा उत्सव थापा र तृतीयमा रोशन कुवर हुन सफल हुनु भएको छ । पुस अप तर्फ आशिष बोहोरा प्रथम,सुजल पाण्डेय द्वितीय र रिजन बस्याल तृतीय हुनुभएको छ । भने स्क्वाड तर्फ १ सय ५० केजी तौल उठाउदै पवन खाती प्रथम,रोशन कुवर द्वितीय र खालिन मिया तृतीय हुनुभएको छ । प्रतियोगितमा प्रथम,द्वितीय र तृतीय हुनेलाई ट्रफि र प्रमाणपत्र सहित कदर गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले यस्ता प्रतियोगितात्म कार्यक्रमले खेलाडीहरूको पहिचानमा टेवा पुर्याउने बताउनुभयो । सस्थाले जिल्लामा नै पहिलो पटक प्रतियोगिता शुरू गरि नयाँ प्रयासको प्रारम्भ गरेको बताउनुभयो । साथै सस्थाहरूसँग आगामी दिनमा आफु वडा अध्यक्ष भएको नाताले समन्वय र सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा पाल्पा उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जनले शारीरिक रूपमा सुसंगठित र स्वास्थ्यका लागि जिम अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पावर लिफ्टिङ्ग संघ जिल्ला कार्य समितिका उपाध्यक्ष गोपाल पौडेलले आगामी दिनमा संघले जिल्ला स्तरका प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रममा समाजसेवी सुरेश लिगल,अन्जन ज्ञवाली,नेपाल पावर लिफ्टिङ्ग संघ पाल्पाका उपाध्यक्ष सुनिता थैव,कोषाध्यक्ष बिनोद न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।
प्रतियोगितमा सहभागीहरूलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम नेपाल पावर लिफ्टिङ्ग संघ जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष एवम तानसेन व्यायाम मन्दिरका प्रोपराइटर अनिल खातीको अध्यक्षता र नेपाल पावर लिफ्टिङ्ग संघ जिल्ला कार्य समिति पाल्पाका सचिव सन्तोष गहतराजको सञ्चालनमा सम्पन्न भएको थियो ।








































Comments