नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ पाल्पामा पुनः पन्थी

नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ पाल्पाको अध्यक्षमा पुनः राम प्रसाद पन्थीले निर्बाचित हुनुभएको छ  । सनिवार सम्पन्न जिल्लाको ८ औं अधिबेशनले  पुनः  राम प्रसाद पन्थीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा युबराज पन्त दितिय उपाध्यक्ष शिव प्रसाद पाण्डे सचिबमा बिष्णु प्रसाद खनाल, सह सचिबमा यम बहादुर कार्की, कोषाध्यक्षमा ज्योति कार्की,सह कोषाध्यक्षमा हरि बहादुर बाहघरे रहनुभएको छ । सदस्यमा संजय घर्ती, लक्ष्मण भण्डारी, संगीता भट्टराई,सुरेन बोहरा,जमुना न्यौपाने र सृजना ढकाल निर्बाचित हुनुभएको निर्बाचन संयोजक नरेशचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

 

अधिबेशनले तीन सदस्यीय लेखा समिति पनि चयन गरेको छ । जसको संयोजकमा तारा बहादुर सुनारी सदस्यमा मीन प्रसाद बस्याल र सन्तोष श्रेष्ठ रहनुभएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार मनहरी बस्यालले पुस्तक जीवनको जन्मदेखी मृत्युसम्मको साथी र साक्षी रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो  जीवनलाई जीवन्तता दिन किताबले महत्वपूर्ण भूमिका खेलेको छ । नीजि विद्यालयले किताब, कपि बेच्ने होहन सबै पेशाका सीमितता हुन्छन्  ।बस्यालले  बौद्धिक उत्थानको महान साधन किताब तथा स्टेशनरी सामुहिक भावनाको व्यवसाय भएको बताउनुभयो  

 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १६ साधारणसभामा केन्द्रिय सदस्यहरु रामकृष्ण चापागाईं र रामु  अधिकारीले संगठन, व्यावसायिकता र सेवा–भावनासँग व्यवसाय जोडिएको बताउनुभयो  । महासंघका सल्लाहकार केदारलाल श्रेष्ठ,नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, रुपन्देही जिल्ला शाखा अध्यक्ष दिपक पाठक, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ, पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने, प्याब्सन पाल्पा अध्यक्ष डाँसुराम पन्तले ज्ञान, शिक्षा र चेतनाको आधारशिला पुस्तक भएकोले समयमै उपलब्ध भएमा विद्यार्थीको चेतना वृद्दिमा सहयोग पुग्ने बताउनुभयो । सचिव बिष्णु खनालले साङ्गठनीक प्रतिवेदन प्रस्तुत गर्दै ७ बैठकबाट विविध निर्णय गर्दै कार्यक्रम गरिएको बताउनुभयो । उपाध्यक्ष युवराज पौडेलको स्वागत तथा सचिव बिष्णु खनालको सञ्चालनमा भएको थियो ।

Comments