नेपाल प्रेस युनियन पाल्पा शाखाकाे आयाेजनामा दुई दिने पत्रकारिता तथा सूचना प्रवाह तालिम

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले सञ्चालन गरेको दुई दिने आधारभूत पत्रकारिता तथा सूचना प्रवाह तालिम मंगलबार सकिएको छ । युनियनको आयोजना र तानसेन नगरपालिका –४ वडा कार्यालयको सहयोगमा पौष १५ र १६ गते भएको तालिम सकिएको हो । तालिमको एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ । तालिमको तानसेन नगरपालिकाका –४ की वडा सदस्य सीता बस्नेतले समापन गरेकी हुन् । 

 

तालिमको समापन गर्दै प्रमुख अतिथि समेत रहेकी बस्नेतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई  आग्रह गरिन् । उनले अहिले सिमित बजेटका कारण  छोटो अवधिको तालिम सञ्चालन भएकाले आगामी दिनमा बजेटको सिमा बढाएर लामो समयको तालिम सञ्चालन गरिन बताईन् । नेपाल पत्रकार महासंघका जिल्ला सचिव रामचन्द्र रायमाझीले दुई दिने तालिमले  व्यक्तित्व, नेतृत्व र सत्य, तथ्य सूचनाको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त  गरे । उनले आगामी दिनहरुमा यस्ता  तालिमहरु ग्रामीण र दुरदराजका नागरिकहरु समक्ष पुर्‍याउन स्थानीय सरकार र संघ संगठनहरु लाग्नुपर्ने बताए ।  तालिममा सहभागी मञ्जु पोखरेलले  दुई दिनको बसाईमा धेरै कुराहरु सिक्न पाएको भन्दै सिकेका कुराहरुलाई व्यवहारमा  समेत उतार्ने बताईन् । 

 

तालिममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा तालिम संयजोक माधव अर्यालले पत्रकारिता के हो ?, पत्रकारिताका सिद्धान्त, समाचार लेखन, खोजपत्रकारिता, युनियनका सल्लाहकार शंकर भण्डारीले बैंठक सञ्चालन, असल बैंकका विशेषता, बैंक सञ्चालन गर्दा ध्यान  दिनुपर्ने कुराहरु, युनियनकी अध्यक्ष मन गहिरेले महिला पत्रकार, चुनौति र नीतिगत अवस्था र लोक दोहोरी प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराईले उद्घोषण सम्बन्धी प्रशिक्षण दिएका थिए । युनियनकी जिल्ला अध्यक्ष मन गहिरेको  अध्यक्षता,  उपभोक्त समितिका सचिव तथा युनियनका उपाध्यक्ष विष्णु खनालको सञ्चालनमा समापन कार्यक्रम भएको थियो । तालिममा ३० जनालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

Comments