नेपाल औषधी व्यवसायी संघ पाल्पा शाखाको अध्यक्षमा समीर मान सिंह निर्वाचित

पाल्पा-नेपाल औषधि व्यवसायी संघ पाल्पा शाखाको अध्यक्षमा समीरमान सिंह निर्वाचित हुनुभएको छ । संघको आठाै साधारण सभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा समीर मान सिङ निर्वाचित हुनु भएको हाे । अधिवेशन तथा औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री माननीय खेमबहादुर सारुकाे प्रमुख आतिथ्यता रहेको थियाे । अध्यक्षमा निर्वाचित सिंह टाउन क्लिनिक तानसेन पाल्पाका सञ्चालक समेत रहनुभएको छ ।

 

शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सूर्य बस्याल, महासचिवमा मैना सुवेदी ,सचिवमा बेनी माधव आचार्य, कोषाध्यक्षमा सचिन बिष्ट,सह-काेषाध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित हुनु भएको छ ।  त्यस्तै सदस्यहरुमा ईश्वरी प्रसाद बि सी,रिता पाण्डे,अनिल थापा, पदेन सदस्यमा विष्णु केसी र मनोनित सदस्यमा विष्णु रेग्मी हुनुभएको छ।

 

पाल्पा जिल्लाका औषधी व्यवसायीहरूको छाता संगठनको रुपमा रहेको संस्था नेपाल औषधी व्यवसाय संघ पाल्पा शाखाले औषधी व्यवसायीहरूको हकहित र अधिकारका लागि काम गर्दै आइरहेको छ । निर्वाचित अध्यक्ष समीरमान सिंहले आगामी दिनमा संघले औषधी व्यवसायीहरूको हकहित र अधिकारको सुनिश्चित गर्दै सकारात्मक र रचनात्मक कार्यक्रमहरुलाई अगाडि बढाउने बताउनुभएको छ ।

Comments