नेपाल निजामती कर्मचारी युनियन पाल्पाले सुवर्ण शमशेर अक्षयकोषमा जम्मा गर्याे रूपैयाँ १ लाख १ हजार

पाल्पा-नेपाल निजामती कर्मचारी युनियन पाल्पाले सुवर्ण शमशेर अक्षयकोषमा रकम जम्मा गरेको छ । नेपाल निजामती कर्मचारी युनियन पाल्पाले नेपाली काङ्ग्रेस पाल्पाले शुरूवात गरेको सुवर्ण शमशेर अक्षयकोषमा रूपैयाँ १ लाख १ हजार अक्षयकोष स्थापना गरेको हाे । शनिबार एक कार्यक्रमका बिच नेपाल निजामती कर्मचारी युनियन पाल्पाका अध्यक्ष रवि अर्यालले नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठलाई अक्षयकोष बापत रूपैयाँ १ लाख १ हजारकाे चेक हस्तान्तरण गर्नुभएको हाे ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले पाटी सञ्चालनका लागि आफु सभापति भए देखि अक्षयकोष शुरूवात गरेकाे बताउनुभयो । पाटीकाे सचिवालय चुस्तदुरूस्त बनाउनका लागि शुरूवात गरिएको अक्षयकोषमा हाल ६२ लाख रकम जम्मा गरिएको बताउनुभयो । उक्त रकम बैंकबाट नचलाउने गरि मुधतीकाे रूपमा जम्मा गरिएको र उक्त रकमबाट आएकाे ब्याजले पाटीकाे सचिवालय सञ्चालन गरिरहेकाे बताउनुभयो । कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति श्रेष्ठले अहिले देशमा केही भएन भएन भनी युवाहरू विदेश जाने परिपाटी विकास भइरहेकाेमा चिन्ता व्यक्त गर्नुभयाे । अब देशका राजनीति दल,कर्मचारी,उधाेगी,व्यवसायीहरू एकबद्व भइ स्वदेशमै केही गर्न सकिन्छ भनी सकारात्मक सन्देश प्रवाह गर्न जरूरी रहेको बताउनुभयो । देशमा नीतिहरूलाइ समयानुकूल परिमार्जन,पुर्नसंरचना,पुर्नविचार गरि सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथि नेपाल निजामती कर्मचारी युनियका केन्द्रीय बरिस्ठ उपाध्यक्ष उत्तम कटुवालले नेपाल कर्मचारी युनियन संघलाई सस्थागत गर्न पाटीका तथा युनियन एक्यवद्ध भइ लाग्नु पर्ने बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियनले संघीय निजामती ऐन ल्याउनका लागि लामाे समय देखि संघर्ष गरिरहेकाे तर संघीय निजामती ऐन नआएकाे बताउनुभयाे ।अहिलेकाे गठबन्धनकाे सरकारले यस तर्फ सकारात्मक भएको बताउनुभयो । कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन पाल्पाका अध्यक्ष रवि अर्यालकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments