नेपाल निजामती कर्मचारी युनियन पाल्पाले भत्तेपात्राे प्रकाशन
पाल्पा-नेपाल निजामती कर्मचारी युनियन पाल्पाकाे आयाजनामा भत्तेपात्राे प्रकाशन एवम नयाँ बर्ष २०८२ काे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकाे उद्घाटन नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले व्यानर पढेर गर्नुभएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका सभापति श्रेष्ठले नव बर्षकाे पुर्व सन्ध्यामा भित्तेपत्र प्रकाशन एवम शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरि नेपाल निजामती कर्मचारी युनियन पाल्पाले प्रशंसानीय कार्य गरेको बताउनुभयाे । प्रजातन्त्रिक बिचार धारा बाेकेका कर्मचारीहरूकाे छाता सँगठनकाे रूपमा रहेको युनियनले सस्थागत रूपमा प्रत्येक बर्ष भित्तेपात्राे प्रकाशनलाई निरन्तरता दिएकाे बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियन पाल्पाले नेपाली काङ्ग्रेस पाल्पा शुरूवात गरेको सुवर्ण शमशेर अक्षयकोषमा १ लाख १ हजार १ सय ११ रूपैयाँ अक्षयकोषमा राखेको बताउनुभयो । सरकारले निजामती कर्मचारीहरूका माग सम्बाेधन गर्न नसकेको बताउनुभयो । कर्मचारीहरूले सरकारसँग मागहरू राखेर आन्दाेलित भइरहेको जताततै नैरसता आएकाे बताउनुभयो । सरकारले कर्मचारीहरूकाे हक हित र अधिकारीलाई ऐन नियमकाे माध्यमबाट अगाडि बढाउनुपर्ने र उक्त मागहरूलाई पुरा गर्न गम्भीर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारीले नेपाल निजामती कर्मचारी युनियन पाल्पाले भत्तेपात्रो प्रकाश गर्नु निकै सराहनीय कार्य गरेको बताउनुभयो । यसले कर्मचारीहरूको पहिचान र कदर गर्न सकारात्मक सन्देश दिएको बताउनुभयो । नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण शुभकामना व्यक्त गर्दै कर्मचारीहरू राष्ट्र निर्माणका महत्वपूर्ण आधार रहेको र उहाँहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो । नेपाली कांग्रेस सधैं कर्मचारीका हकहितको पक्षमा उभिन्छ र उभिरहने बताउदै यस्ता कार्यक्रमहरूले आपसी सम्बन्ध बलियो बनाउने बताउनुभयो ।
कार्यक्रम नेपाली काङ्ग्रेस गुल्मीका सचिव जगदीश भट्टराई,नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल,नेपाल निजामती कर्मचारी युनियन पाल्पाका पुर्व अध्यक्ष बिनाेद घिमिरे,भरत घिमिरे,नेपाल चिकित्सक संघ पाल्पाका अध्यक्ष मनिराम अधिकारी,जीवन राना लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन पाल्पाका कार्यवाहक अध्यक्ष लिला मनि बस्यालकाे अध्यक्षता र सचिव ओम प्रकाश न्याैपानेकाे सञ्चालनमा सम्पन्न भएको थियाे । कार्यक्रमकाे अवसरमा सामुहिक रूपमा भित्तेपात्राे विमाेचन एवम शुभकामना आदानप्रदान गरिएको थियाे ।








































Comments