नेपाल महिला संघ पाल्पाद्वारा हरितालिका तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
पाल्पा,नेपाली कांग्रेस जिल्ला कार्यसमितिको संयोजन तथा नेपाल महिला संघ पाल्पाको आयोजनामा हरितालिका तीज मिलन तथा दर खाने कार्यक्रम यहाँ भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले तीज पर्व नेपाली महिलाको संस्कृति, चाडपर्व र परम्परागत एकताको प्रतीक भएको उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाले पर्वले खुशी मात्र होइन, आपसी भेटघाट र संगठन सुदृढीकरणमा पनि सहयोग पुर्याउँने बताउनुभयो । नेपाली कांग्रेस महिलाको अधिकार र समानताप्रति गम्भिर रहेको बताउदै महिला संघका कार्यक्रमहरू पार्टीका लागि ऊर्जा र प्रेरणाका स्रोत हुने बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि पूर्व मन्त्री एवम् लुम्बिनी प्रदेश सांसद बिर बहादुर रानाले तीजलाई सामाजिक सद्भाव, धार्मिक आस्था र संस्कृतिको अद्वितीय पर्वको रूपमा व्याख्या गर्नुभयो । उहाले पर्वले महिलाको पीडा, वेदना र खुशीलाई गीत–संगीतमार्फत उजागर गर्ने अवसर दिने बताउनुभयो । तीज पर्वले महिला सशक्तीकरणको स्वर पनि मुखरित गर्ने काम गरेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सदस्य लालकुमारी रानाले कार्यक्रमले महिला एकता र संगठनलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । कार्यक्रममा नेपाली काङगेस लुम्बिनि प्रदेश सदस्य राम कार्की,नेपाली काङ्गेस पाल्पाका उपसभापति झपेन्द्र गैरे,क्षेत्र न १ का सभापति झमनराज मगरको उपस्थिति रहेकाे थियो । कार्यक्रम नेपाल महिला संघ पाल्पाकी अध्यक्ष मिना पन्थीको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य पार्टी सचिव सुनिता अधिकारीले प्रस्तुत गर्नुभएको थियो । उहाले कार्यक्रमबारे जानकारी दिँदै महिला संघले निरन्तर सामाजिक, सांस्कृतिक र संगठनात्मक कामलाई प्राथमिकता दिने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन गिरिजा गैरेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सामाजिक र राजनीतिक क्षेत्रका प्रतिनिधि, नेपाली कांग्रेसका नेता–कार्यकर्तासहित महिला संघका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले तीजका गीत गाएर, दर खाने परम्परा साझा गरेर कार्यक्रमलाई उत्साहपूर्ण बनाउनुभयो ।








































Comments