नेपाल लाेकतान्त्रिक खेलकुद संघ पाल्पा जिल्ला अध्यक्षमा रूपेश महर्जन
पाल्पा-नेपाल लाेकतान्त्रिक खेलकुद संघ पाल्पा जिल्ला अध्यक्षमा रूपेश महर्जन चयन हुनुभएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान २०७९ को भाग ६ को २४ बमोजिम नेपाल लोकतान्त्रिक खेलकुद संघको पाल्पा जिल्ला अध्यक्ष पदमा संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनद्वारा हस्ताक्षरित परिपत्र अनुसार महर्जन अध्यक्ष पदमा निर्वाचित हुनुभएको हाे ।
महर्जन पाल्पा जिल्ला साइकिलिङ्ग संघका वर्तमान जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । नेपाल तरूण दल पाल्पाका वर्तमान काेषाध्यक्ष,बुद्विचाल संघ पाल्पाका पुर्व अध्यक्ष एवम पाल्पा जिल्लाका पुर्व फुटबल खेलाडी महर्जन हाल सामाजिक कार्यमा व्यस्त देखिनु हुन्छ ।
पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न ६ निवासी महर्जन नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा,नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पालाई बाेधार्थ हुने गरि परिपत्र गरिएको थियाे । निर्वाचित अध्यक्ष महर्जनले नेपाल लोकतान्त्रिक खेलकुद संघको अनुशासन र मर्यादामा रही, संघलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउने बताउनुभएको छ ।
संघले खेलकुदको माध्यमबाट युवा पीढीलाई शारीरिक र मानसिक रूपमा सशक्त बनाउन प्रतिबद्ध बनाउने, खेलकुदमा सुधार ल्याउन र स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्ने अवसरहरू सिर्जना गर्न गरि अगाडि बढ्ने बताउनुभयो ।








































Comments