नेपाली काङ्ग्रेस रिब्दीकाेट वडा न ७ काे आयाेजनामा सदस्य कार्ड वितरणसँगसँगै प्रशिक्षण सम्पन्न
पाल्पा-नेपाली काङ्ग्रेस रिब्दीकाेट गाउँपालिका वडा न ७ काे आयाेजनामा सदस्य कार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । काङ्ग्रेस पाल्पाले ८१ वटै वडाका क्रियाशिल तथा साधारण सदस्यहरूलाई काड वितरण गरिने अभियान अन्तर्गत सदस्यता वितरणलाई तिव्रता दिएकाे छ । काङ्ग्रेस पाल्पाले सदस्यता वितरणसँगै पाटीका कार्यकर्तालाई प्रशिक्षण पनि दिएको छ ।
नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शाेभाकर न्याैपानेका अनुसार काङ्ग्रेस पाल्पाले ८१ वटा वडाका करिब ८ हजार ५ सय जना कृयाशिल सदस्यहरूलाई सदस्यता काड वितरण गरिने बताएका छन । रिब्दीकाेट गाउँपालिका वडा न ७ मा भएको प्रशिक्षण कार्यक्रम एवम सदस्यता वितरण कार्यक्रममा सभापति श्रेष्ठले नेपाली कांग्रेस पार्टी जनताको सुख दुखमा साथ दिने पार्टी भएको बताए । कांग्रेस मिसन ८४ मात्र लिएर हिड्ने पाटी नभई गरिब जनताको लागि सधै मिसन बनाएर हिड्ने भएकाले गरिबको घरमा दुख पर्दा कांग्रेसलाई सम्झिन समेत आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापती श्रेष्ठले आत्म केन्द्रित राजनितीले पार्टी समाप्त हुने भन्दै संगठनिक संरचना बलियो बनाएर अगाडी बढ्नु पर्ने धारणा राखे । सभापति श्रेष्ठले नेपाली काङ्ग्रेसका जिम्मेवार साथीहरूले आफ्नो पदिय दायित्व अनुसार कार्य गर्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई सभापति श्रेष्ठ पाटीमा कर्म गरे पछि एक दिन सबैको पालो आउने बताउदै ,अहिले कर्म गर्ने बेला भएको धारणा राखे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका पुर्व पाटी सचिव माधव नेपाल,लुम्बिनी प्रदेश महासमिति सदस्य किशाेर पंगेनी,नेपाली काङ्ग्रेसका जिल्ला सदस्य डाक्टर माधव थापा,सुरेश बाेहाेरा,जिल्ला सदस्य गिरिजा गैरे, जिल्ला सल्लाकार खड्ग बहादुर कुबॅंर,नेपाली काङ्ग्रेस रिब्दीकाेट गाउँपालिका उपाध्यक्ष खड्क बहादुर थापा,काङ्ग्रेस रिब्दिकाेट गापा काेषाध्यक्ष सारदा थापा लगाएतले मन्तव्य राख्नुभएको थियाे । कार्यक्रम नेपाली काङ्ग्रेस रिब्दीकाेट वडा न ७ का सभापति कृष्ण कुबॅरकाे सभापतीत्व अनु खनालकाे सञ्चालन र कृष्ण कुवरकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।








































Comments