नेपाली काङ्ग्रेस पाल्पाले शुरू गर्याे समुदायमा कांग्रेस अभियान

पाल्पा-नेपाली काङ्ग्रेस पाल्पाले समुदायमा कांग्रेस अभियान मंगलबार देखि शुरू गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौला र कांग्रेस केन्द्रीय सदस्यमा अब्दुल रज्जाक,लुम्बिनी प्रदेश सांसद वीर बहादुर राना,नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ,नेपाली काङ्ग्रेस पाल्पा सभापति हिमाल दत्त श्रेष्ठ,तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ लगाएतकाे उपस्थितिमा तानसेन वडा न ६ काे गन्धर्व टाेल,पश्चिम पाल्पाकै शैक्षिक धराेहरका रूपमा रहेकाे त्रिभुवन बहुमुखी क्याम्पस,तानसेन नगरपालिका,सामुदायिक सेवा केन्द्रमा पुगी नागरिकहरूसँग भेटघाट र गुनासो सुनी समुदायमा काङ्ग्रेस अभियान शुरू गरेको हाे ।



नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले आम नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने उद्देश्य नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आज सुरु भएको बताउनुभयो । कांग्रेसले यो अभियान माघ २६ गतेसम्म सञ्चालन गर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले ८१ वटै स्थानमा प्रतिनिधि ताेकेकाे छ । ती प्रतिनिधिहरूले वडामा पुगी समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सुरु गरिएको सभापति श्रेष्ठले बताउनुभयो । 

 

अभियानका क्रममा पाल्पा अाउनु भएकी कांग्रेसले केन्द्रीय प्रतिनिधि एवम नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई स्थानीय तहमा कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने उद्देश्य अभियानको रहेकाे बताउनुभयो । समुदायमा काङ्ग्रेस अभियानले जनताको सामूहिक भावना आत्मसात गर्नेछ र विद्यमना समाजले झेलिरहेको गरिवी, वेरोजगारी, भ्रष्टाचार र परनिर्भरता जस्ता प्रमुख समस्याको निराकरण गर्नका लागि संविधानको मर्मअनुसार हाम्रा सार्वजनिक संस्थाको संरचनात्कम रुपान्तरणको पक्षमा अभियानले सारथकता पाउनेछ । नेपाली काङ्ग्रेस प्रत्येक दिन, प्रत्येक क्षण जनताको दैनिकीसँग जोडिएको छ, काङ्ग्रेस नेतृत्व जिम्मेवारीपूर्वक जनताको गुणस्तरीय जीवन जिउने कुराको सुनिश्चितता खोजिरहेको छ । समग्र पार्टी पंक्ति त्यसलाई सार्थक तुल्याउन सिर्जनशील भएर चिन्तन मनन गरिरहेको छ भन्ने सन्देश समुदायमा काङ्ग्रेस अभियानले दिने गरि अभियान शुरूवात गरिएको बताउनुभयो ।

Comments