नेपाली काङ्ग्रेस पाल्पा काठमाडौ सम्पर्क समितिको तदर्थ समिति गठन

नेपाली काङ्ग्रेस पाल्पा काठमाडौ सम्पर्क समितिको तदर्थ समिति गठन गरिएको छ । पाल्पा स्थायी ठेगाना भैई काठमाडौमा बसोबास गर्दै आएका लोकतन्त्र प्रति आस्था राख्ने समग्र पाल्पा जिल्लाको बिकासमा योगदान पुर्याउने उद्देश्यले २०६० मा स्थापना भएको यो संस्था नेपाली काङ्ग्रेस को बिधानको दशौ संशोधन मार्फत जिल्ला मातहत हुने भएसंगै जिल्लाबाट बिधान प्रमाणीकरण भएपश्चात हालको समिती विघटन गरि तदर्थ समिती गठन गरिएको छ । काठमाडौँ स्थित एक होटेल मा भएको भेला सम्पर्क समितिका सभापति खिमानन्द बस्यालको सभापतित्व पाल्पा जिल्ला सभापति हिमाल दत्त श्रेष्ठको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश सदस्य द्वय कृष्ण प्रसाद अधिकारी, राम कार्की, महाधिवेशन प्रतिनिधि दान बहादुर पछाई,महिला नेतृ एबम महाधिवेशन प्रतिनिधि बसन्ती घिमिरे जिल्ला  सल्लाहकार गोपाल जोशी,पूर्ब सभापति केशमाया जोशी,लोकतन्त्रबादी आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य थान बहादुर मगर साथै सेवा निबृत्त उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो ।

 

भेलाले बिमला बस्यालको सभापतित्वमा २५ सदस्यीय समिती गठन गरेको छ । जिल्ला प्रतिनिधि बिक्रम सिंह ठकुरी, समितीका सभापति खिमानन्द बस्याल पूर्ब सभापति केशमाया जोशी र  पूर्व अध्यक्ष एबम जिल्ला सल्लाहकार गोपाल जोशी सम्मीलित ४ सदस्यीय समितिले सहजीकरण गरेको थियो। उक्त कार्यक्रममा ७ वटा परिच्छेद र २० वटा दफा रहेको बिधानको दफावार छलफल गर्दै समयानुकूल बिधान परिवर्तन गर्न सकिने नेतृत्वले जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति श्रेष्ठले तदर्थ समितिलाई बधाई दिदै पाएको जिम्मेवारी तोकिएको समयमा पूरा गर्नेमा बिश्वास गर्नुभयो फरक प्रसङ्गमा अधिबेशन केन्द्रित गतिबिधिले पार्टीले लक्ष्य हासिल गर्न नसकिने भन्दै निस्वार्थ रुपमा जनसरोकारका काममा लाग्न निर्देशन दिनुभयो। मातृ पार्टीसंगै भातृ संघ अन्तर्गत नेपाल बिध्यार्थी संघ सम्पर्क समिती, तरुण दल सम्पर्क समिती र महिला संघ सम्पर्क समितीको तदर्थको संयोजक तोकिएको कार्यक्रमको संयोजन,संचालन समितिका सचिब अमृत अधिकारीले गर्नु भएको थियो ।

 

नेपाली काङ्ग्रेस पाल्पा -काठमाडौ सम्पर्क समिती 

सभापति : बिमला बस्याल,उपसभापति श्रीमणी राज खनाल उपसभापति अमृत अधिकारी,सचिब बिश्नु गैरे,सचिब राजेन्द्र अर्याल कोषाध्यक्षमा जगदीश नेपाल,क्षेत्रीय सभापति(१) गोपाल राना,क्षेत्रीय सभापति (२) सुरज पौडेल ,सह-सचिब नारायण पोखरेल ,सह: सचिब सुधीर कर्माचार्य ,सह: सचिब बालकृष्ण पोखरेल,सदस्य मान बहादुर सारु,देबेन्द्र नेपाल,सुजित महर्जन,सदस्य राजु तिमिल्सिना,नुम बहादुर राना कृष्ण सिलवाल,रमित मास्की राना ,नेपाली काङ्ग्रेस ने.बि.संघ पाल्पा-काठमाडौ सम्पर्क समिती संयोजक सुशील वाग्ले नेपाली काङ्ग्रेस तरुण दल पाल्पा-काठमाडौ सम्पर्क समिती,संयोजक प्रकाश न्यौपाने नेपाली काङ्ग्रेस महिला संघ पाल्पा-काठमाडौ सम्पर्क समिती संयोजक अनिता कोईराला शाही हुनुभएको छ ।

Comments