नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला सचिवालय पाल्पाको बैठक तानसेनमा सम्पन्न

पाल्पा – नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला सचिवालय पाल्पाको बैठक तानसेनमा सम्पन्न भएको छ । बैठक पार्टीका केन्द्रिय सचिव हरि पराजुलीकाे  प्रमुख आथित्यतामा बसेको हाे ।

 

बैठकमा १० औँ राष्ट्रिय महाधिवेशन मस्यौदा दस्तावेजमा छलफल भएको छ । बैठकमा राजनीतिक प्रतिबेदन , संगठनात्मक प्रस्ताव र नेपाली विशेषताको समाजबादी कार्यक्रम समेत छलफल भएको छ । पार्टीको सँगठन विस्तार र सुद्रिढीकरण अभियानलाई प्रभावकारी रुपमा संचालन गरिएको समेत बताईएको छ ।

 

बैठकमा एकिकृत समाजवादीका प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेय केन्द्रीय सदस्यहरु यादव बहादुर रायमाझी, रमा घर्ती, राजेन्द्र लक्ष्मी गैरे ,लेखनाथ पोख्रेल लगायतले आफ्नो धारणा राख्नुभयो । कार्यक्रम जिल्ला अध्यक्ष अशोक कुमार शाहीको अध्यक्षता र पार्टी उपाध्यक्ष  मोहन गैरेको संचालकमा कार्यक्रम भएको प्रचार प्रसार संयोजक पदम गैरेले जानकारी दिनुभयो ।

Comments