नेपाली कांग्रेस पाल्पा–१ क्षेत्रीय बैठक: प्रत्यक्षतर्फ राना , समानुपातिकतर्फ अधिकारी सिफारिस

पाल्पा-नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं .१ पाल्पाको क्षेत्रीय समिति बैठक रम्भा गाउँपालिका–७ ताँहुमा सम्पन्न भएको छ  । क्षेत्रीय सभापति झमन राज मगरको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठको विशेष उपस्थिती रहेको थियो । बैठकमा पार्टीका लुम्बिनी प्रदेश सदस्य कृष्ण अधिकारी,सन्दिप राना,बिष्णु माया ढकाल,नेपाली काङ्गेस पाल्पाका उपसभापति ज्ञान बहादुर गाहा ,सचिव सन्तोष कुमार थापा,रामपुर नगरपालिकाका मेयर तथा नेपाली काङ्गेसका महासमिति सदस्य रमण बहादुर थापा , स्थानीय नेताहरू  सहभागिता रहेको थियो ।  सभापति श्रेष्ठले बैठकलाई सम्बोधन गर्दै कांग्रेसलाई सुदृढ बनाउन एकता, अनुशासन र जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले आगामी उपनिर्वाचनमा कांग्रेस पाल्पाले पार्टीलाई अझ सशक्त र संगठित बनाउने स्पष्ट धारणा राख्नुभयो । 

 

बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा क्षेत्र नं। १ पाल्पाको उपनिर्वाचनका लागि प्रत्यक्ष तर्फ नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य सन्दीप रानालाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ । राना संगठनप्रति समर्पित, सक्रिय , पुर्व विधार्थी नेता,जनसम्पर्कमा हुण्डरी नेता मानिँदा बैठकले उहालाई उपयुक्त उम्मेदवारका रूपमा अघि सारेको हो । त्यस्तै समानुपातिक तर्फ लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारीलाई उम्मेदवार सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । अधिकारीको राजनीतिक अनुभव, संगठनप्रतिको योगदान र निरन्तर सक्रिय भूमिकालाई बैठकले उच्च मूल्यांकन गरेको हो । साथै एक जना महिला उम्मेदवार थप गर्ने निर्णय गर्दै अन्तिम नाम छानोटका लागि समितिलाई जिम्मेवारी तोकिएको छ । 

 

बैठकले नयाँ क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने तथा नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तोकिएको समयमा नै सम्पन्न गर्ने निर्णयसमेत सर्वसम्मतिले पारित गरेको छ । सदस्यता वितरणमा पारदर्शिता र सबलीकरणमा जोड दिँदै सभापति श्रेष्ठले संगठन विस्तारलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ । बैठकमा विभिन्न तहका नेताहरूले देशको राजनीतिक अवस्थाबारे, पाल्पामा कांग्रेसले खेलेको भूमिकाबारे र आगामी रणनीतिबारे धारणा राख्नुभएको थियो । नेपाली काङ्गेस पाल्पा जिल्ला सभापति हिमाल दत्त श्रेष्ठको उपस्थितिमा सम्पन्न नेपाली कांग्रेस पाल्पा–१ को यो बैठक आगामी उपनिर्वाचनदेखि महाधिवेशनसम्मका तयारीका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको नेपाली कांग्रेस पाल्पा क्षेत्र न १ का सचिव कपिल बहादुर खाडले बताउनुभयो ।

Comments