नेपाल डेरी एशाेसियसन लुम्बिनी प्रदेश नेपाल पाल्पा,गुल्मी र अर्घाखाँचीकाे संयुक्त साधारणसभा सम्पन्न

पाल्पा-नेपाल डेरी एशाेसियसन लुम्बिनी प्रदेश नेपाल पाल्पा,गुल्मी र अर्घाखाँचीकाे संयुक्त साधारणसभा तानसेनमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल डेरि एशाेसियसन पाल्पाका अध्यक्ष टिकाराम खरेलकाे अध्यक्षतामा सम्पन्न भएको हाे । कार्यक्रमकाे उद्घाटन तानसेन नगरपालिकाका प्रवक्ता एवम तानसेन वडा न ११ का वडा अध्यक्ष यादब सिङ कार्कीले गर्नु भएको हाे । 

 

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएका कार्कीले  तानसेन नगरपालिकाले दुध उत्पादन गर्ने कृषकलाई २ रूपैयाँ अनुदान प्रदान गर्दै आएकाे बताउनुभयो । नगर सरकारले कृषकहरूलाई प्राेत्साहित गर्नका लागि गत बर्ष करिब  १८ लाख बजेट विनियाेजन गरि सहकारी मार्फत कृषकहरूलाई  अनुदान प्रदान गरेको बताउनुभयो । हाल नगरपालिकाले ५ वटा भैसी,१० वटा गाई ,२५ वटा बाख्रा,बंगुर पालक कृषकलाई अनुदान रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । तानसेन नगरपालिकाले पुर्वाधार विकास मात्र नभई कृषि , पशुपालन र पर्यटनकाे माध्यमबाट तानसेनकाे विकासमा विशेष याेजनाका साथ अगाडि बढेको  बताउनुभयो । दुधकाे विषयमा पाल्पाबाट उत्पादित दूध र दुग्धजन्य परिकारहरूलाई अन्य जिल्लाहरू निर्यात गरि व्यापारीकरणमा जाेड दिनुपर्ने बताउनुभयो । वर्तमान जनगणना अनुसार पाल्पामा ११ सय २६ घर सख्या बढेकाे छ । तर जनसंख्या वृद्धिदर कम रहेको बताउदै उत्पादित दुग्धजन्य परिकारहरूलाई जनसंख्या वृद्धि उच्च भएका विकसित जिल्लाहरूमा निर्यात गरि आम्दानीकाे स्त्राेत वृद्धि गर्न सकिने बताउनुभयो । तानसेनकाे सन्दर्भमा पर्यटन क्षेत्रकाे विकास नभइ तानसेनकाे विकास नहुने भएकाले  कृषि र पर्यटन क्षेत्रकाे विकास गर्ने गरि विस्तृत याेजना अगाडि सारेकाे बताउनुभयो ।  साथै दुग्ध उत्पादन,विविधिकरण र बजारीकरणमा स्थानीय सरकारले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

 

कार्यक्रममा तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले कृषकहरूले उत्पादन गरेको दुधकाे निकासी भएता पनि समयमै रकम कृषकहरूले नपाएको गुनासाे आउने गरेको बताउनुभयो । अब दुग्ध उत्पादन कृषक,सहकारी सस्था र व्यापारहरूले दूध र दुग्धजन्य परिकारकाे विविधिकरण गरि व्यापारीक गतिविधिलाई बढ्वा दिनुपर्ने बताउनुभयो ।  

 

कार्यक्रममा अधिवक्ता विष्णु प्रसाद ज्ञवालीले देशका तीन तहका सरकारले कृषि उपज वृद्धि गर्न  प्रविधिकाे हस्तान्तरण एवम विविधकरण जाेड दिई उत्पादित बस्तुकाे बजार सुनिश्चिततामा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

 

 कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका उपाध्यक्ष रामचन्द्र रायमाझी, पाणिनिका देउराली छुर्पी उधाेगका व्यवस्थापन तिलक गैरे,नेपाल डेरी एशाेसीयसन लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्याैपानेले लगाएतले मन्तव्य राख्नु भएको थियाे ।

 

डुम्रे दुग्ध सहकारी सस्थाका अध्यक्ष गाेपाल जिसिले युवाहरू विगतकाे समयमा गाई,भैंसी बाख्रा पालनमा आकर्षित रहेको बताउनुभयो । काेभिड पश्चात् र लम्की स्क्रिन राेग गाईहरू देखिए पश्चात् युवाहरू विस्थापित भइ विदेश पलायन भएकाे बताउनुभयो  । पाल्पा जिल्लामा विगतका बर्षमा करिब १० हजार लिटर दूध उत्पादन हुने भए पनि घटेर ७ हजार लिटर दुध मात्र उत्पादन हुने गरेको बताउनुभयो  । पाल्पा जिल्लामा ४ कराेडकाे बराबरको रकम दुग्ध विक्रेताहरूले भुक्तानी पाउन रकम बाकी छ । अहिले जिल्लाका डेरी व्यवसायहरू धरापमा रहेको छन ।  सहि मुल्य नपाउनु,भुक्तानी नपाउनु अहिले समस्या हाे । यस्ता बिषयलाई समाधान गर्न सबै पक्ष एकजुट हुन आवश्यक रहेको बताउनुभयो । 

Comments