नेपाल भुतपुर्व सैनिक संघ जिल्ला कार्य समिति पाल्पाकाे तर्दथ समितिकाे अध्यक्षमा खाँड

पाल्पा -नेपाल भुतपुर्व सैनिक संघ जिल्ला कार्य समिति पाल्पा जिल्ला तर्दथ समितिकाे अध्यक्षमा क्याप्टेन कमल विक्रम खाँण चयन भएका छन । शुक्रबार संघकाे पाल्पा जिल्ला तर्दथ समितिमा गठन गर्न बसेकाे भेलाले खाँडलाइ सर्वसम्मत रूपले अध्यक्ष पदमा चयन गरेको हाे । 

 

जस्काे सदस्यमा शिवराज थापा,चक्र बहादुर राना,तिल बहादुर राना,बल बहादुर जिसी,देब बहादुर थापा मश्राङ्गी,खड्क बहादुर शाही,लक्ष्मण केसी,हिरा सिंह राना,टिकाराम राना,हेम बहादुर शारू,पुर्ण बहादुर गाहा,उम बहादुर थापा,सुरेन्द्र आले र लेख बहादुर राना सहित १५ सदस्य तर्दथ समिति गठन गरिएको निर्वाचन अधिकृत टंक न्याैपानेले जानकारी दिनुभयाे । 

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले तर्दथ समितिले प्रजातान्त्रिक बिचार धारा बाेकेका भुपु सैनिकहरूलाई संगठित र एकताबद्व गरि आफ्ना गतिविधिलाई चलाएमान बनाउनुपर्ने बताउनुभयाे । आगामी दिनमा समितिले वडा,क्षेत्रबाट प्रतिनिधिहरू सहभागी बनाई भव्य रूपमा जिल्ला सम्मेलन गर्ने गरि तयारमा लाग्न आर्गह गर्नुभएको छ । 



कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सदस्य एवम नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानाले नेपाल भुपु सैनिक संघ नेपाली काङ्ग्रेसकाे भातृ संगठन रहेको बताउनुभयो । याे संघ पाल्पा जिल्ला भित्रका भुपुहरूलाई संगठित गर्ने संगठन हाे । त्यसैले संगठनमा आवद्व भएका साथीहरूसँग बिचारकाे आदान प्रदान गर्ने सुखदुखमा साथ दिने गरि लाग्न आर्गह गरे । संगठनलाई शसक्त र संगठित गरि चलाएमान बनाउन उच्च मनाेबलका  लाग्न आर्गह गर्नुभयाे ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शाेभाकर न्याैपाने लगाएत नेताहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे अध्यक्षता नेपाल भुपु सैनिक संघ जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष बिष्णु बहादुर गाहाकाे अध्यक्षतामा सम्पन्न भएको थियाे  ।

Comments