नमुना कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.,खस्यौलिको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

पाल्पा, रिब्दीकोट गाउँपालिका वडा नं. ३ खस्यौलिमा अवस्थित श्री नमुना कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. को १६औँ वार्षिक साधारण सभा  सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लाेकनाथ शर्मा गाैतमको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्कीले कार्यक्रमकाे समुदघाटन गर्नुभएको हाे ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले सहकारीले स्थानीय कृषकहरूको आर्थिक सशक्तिकरण र कृषि विकासमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । सहकारी भनेको केवल एउटा आर्थिक संस्था मात्र होइन, यो सामूहिक प्रयास र सहकार्यको उत्कृष्ट उदाहरण रहेको बताउनुभयो ।  कृषकहरूले सहकारी मार्फत उत्पादन, व्यवस्थापन, र बजार प्रवर्द्धनको पालिकामा  पुर्‍याएको योगदानले गाउँपालिकालाई समृद्धितर्फ अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रतिवेदन मार्फत गत वर्षमा सहकारीले गरेका उपलब्धिहरू तथा आगामी योजना सुन्दा म विश्वस्त छु कि यो संस्था अझ प्रभावकारी ढंगले अगाडि बढ्नेछ । कृषिमा प्रविधिको प्रयोग, नयाँ योजनाहरूको कार्यान्वयन, र युवा तथा महिलाको सहभागिता अभिवृद्धि गर्न सहकारीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । गाउँपालिकाले सहकारीका हरेक प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै अागामी दिनमा सहकारीले शेयर सदस्यहरूलाई अार्थिक सवलिकरणकाे माध्यमबाट स्वराेजार बनाउने खालका कार्यक्रम अग्रसर हुनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी,निवर्तमान अध्यक्ष नारायण बहादुर जि. सि.को बिशिष्ट आथित्यता एवं वडा न. ३ का वडा अध्यक्ष नारायण बहादुर के. सि., वडा न. ३ का जनप्रतिनिधिहरु तथा सहकारी संचालक समितिका पदाधिकारीहरु, शेयर सदस्यहरु लगायत सम्बधित सरोकारवाला पक्षहरुको उपस्थितिमा सिकाइ केन्द्र हार्थोक,पाल्पामा सम्पन्न भएको थियाे । सभामा प्रमुख अतिथि एवं रिब्दीकोट गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्कीले कृषि सहकारीहरुले कृषि क्षेत्रमा योजनावद्व तरिकाले काम गर्ने र शेयर सदस्यहरुको जीवनस्तरलाई माथी उकास्नका लागि स्थानिय सरकारसँग हातेमालो गरि अगाडि बढ्नु पर्ने  र त्यसका लागि रिब्दीकोट गाउँपालिका सधै तयार रहेको प्रतिबद्वता व्यक्त गर्नुभयाे ।

Comments