नमूना कृषि बहुउद्देश्यीय सहकारी संस्था लि रिब्दीकाेट वडा न ३ को १५ औं वार्षिक साधारण सभा सम्पन्न
पाल्पा-जिल्लाकाे रिब्दीकोट गाउँपालिका वडा न. ३ हार्थोक, पाल्पा स्थित नमूना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमकाे उद्घाटन लुम्बिनी प्रदेश सभा सभामुख माननीय तुलाराम घर्ती मगर ( वसन्त )ले गर्नुभएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सभामुख घर्तीले सहकारीले आगामी दिनमा अझ नमुना काम गरि अगाडि बढ्न सकाेस भनी शुभकामना व्यक्त गर्नुभयाे । गरिवी निवारणमा सहकारी संस्थाले गरेको योगदानको प्रशांसा गर्नुभयाे । उहाले ठुला- ठुला आन्दोलनले जसरी राजनीति संरचना परिर्वन हुर्दै आए त्यसैगरि राष्ट्रको सुगमदेखी दुर्गमसम्म सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयाे । सहकारी संस्थाहरुले वित्तिय क्रियाकलापमा मात्र सिमित नरही विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नु पर्ने बताउनुभयाे । उहाले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भवनाको वृद्धि गर्नु पर्ने कुरामा जाेड दिनुभयाे ।
कार्यक्रम रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सहकारीले बचत तथा ऋणकाे काराेबार मात्र नगरि शेयर सदस्यहरूलाई उत्पादनमुलक कार्यहरूमा जाेड्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । सहकारीकाे माध्यमबाट शेयर सदस्यहरूलाई विभिन्न उत्पादनमूलक कार्यमा सहभागी बनाउदा शेयर सदस्यहरूले राेजगारकाे माध्यमबाट आय आर्जन गर्न सक्ने र अर्काे तर्फ सहकारीकाे बचतमा वृद्धि हुने भएकाले अब यस तर्फ सहकारीले अझ विस्तृत रूपमा याेजना बनाई अगाडि बढ्न शुभकामना व्यक्त गर्दै गाउँपालिकाबाट गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका संस्थापक अध्यक्ष नारायण बहादुर जि.सि , रिब्दीकोट गाउँपालिका वडा न.३ का वडा अध्यक्ष नारायण बहादुर के.सि. लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा सिकाइ केन्द्रको भवन हार्थोक पाल्पामा कार्यक्रम सम्पन्न भएको थियाे ।








































Comments