निलसागर सेवाश्रमलाई श्री दि फेमस महेन्द्र दल गणको सहयोग
पाल्पा-बेसाहार मानिसहरूको सहारा बनी रहेको पाल्पाको तानसेन नगरपालिका वडा न १ मा अवस्थित निलसागर सेवाश्रमलाई नागपोखरी ब्यारेक पाल्पाले खाधान्न एवम सामाग्री हस्तान्तरण गरेको छ ।
नागपोखरी ब्यारेक पाल्पाले १८० औ बार्षिकोत्सवको पावन अबसरमा नीलसागर सेवाआश्रम पाल्पा शाखालाई खाद्यान्न सामाग्रीहरू चामल १ सय २५ केजी ,दाल २० केजी, चिनी १० केजी, नुन १० केजी ,चियापती २केजी ,गेडागुडी २० केजी ,बिस्कुट २ सय पिस, थरमस १ पिस र टिभि र्याक १ थान सहयोग गर्नुभएकोमा सेवाश्रमका सञ्चालन प्रकाश नाथ गंगोलले बताउनुभयो ।
नागपोखरी ब्यारेकका गणपति प्रमुख सेनानी भुपेन्द्र गुरूङ्गले सेवाश्रमले बेसाहारा वुद्ववृद्वाका लागि गरेको कामको प्रशंसानीय रहेको बताउनुभयो । ब्यारेकले बार्षिकोत्सवको अवसरमा सेवाश्रमका आमा बुवालाई सामाग्री हस्तान्तरण गरेको बताउदै यस्ले दैनिक जीवन यापनमा थप राहत हुने बताउनुभयो ।
पाल्पामा वि स २०७३ सालमा स्थापना भएको निलसागर सेवाश्रमले स्थापना देखि नै बेसाहारा वृद्ववृद्वालाई अभिभावकत्व ग्रहण गरि नियमित रूपमा सेवा प्रदान गर्दै आएको छ । बेसाहारा नागरिकहरूको निशुल्क रूपमा नियमित हेरचाह,खानापान तथा स्वास्थ्य उपचार सेवाश्रमले गर्दै आएको छ ।








































Comments