नेकपा माओवादी केन्द्र रूपान्तरण र पुनर्गठन अभियानमा केन्द्रित: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

पाल्पा-नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टी रूपान्तरण र पुनर्गठन अभियानमा रहेको बताउनुभएको छ । शनिबार प्रेस सेन्टर नेपाल पाल्पा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले माओवादी केन्द्रले आफूलाई बदल्ने प्रक्रियामा रहेको र पार्टीलाई थप क्रान्तिकारी तथा शक्तिशाली बनाउन ध्यान केन्द्रित गरेको बताउनुभयाे । उहाका अनुसार जनताले राजनीतिक दलहरूलाई पहिले आफू परिवर्तन हुन र त्यसपछि देश बदल्न अपेक्षा राखेको हुँदा माओवादी केन्द्रले पनि आफू रूपान्तरण र पुर्नगठनकाे अभियान रहेको बताउनुभयो । ।

 

श्रेष्ठका अनुसार पार्टीको प्राथमिकता नेतृत्व चयन नभई रूपान्तरण र पुनर्गठनमै रहेको बताउनुभयो । "अहिले कसले नेतृत्व गर्ने भन्ने विषय गौण छ । मुख्य कुरा पार्टीलाई कसरी रूपान्तरण गर्ने भन्ने बिषय रहेको बताउनुभयो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी नेतृत्व स्थायी नभएको स्पष्ट पार्दै, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सधैंका लागि अध्यक्ष नहुने बताउनुभयाे । उहाले प्रचण्डलाई अमरत्व वा देवत्व प्रदान गर्ने कुरा नभएको र उहाँले भनेको सबै कुरा ठिक हुन्छ भन्ने धारणा गलत हुने उल्लेख गर्नुभयाे । उहाले आवश्यकता अनुसार नयाँ नेतृत्व आउने वातावरण सिर्जना हुने बताउनुभयो । पार्टीलाई विधिसम्मत रूपमा पुनर्गठन गरेर क्रान्तिकारी रूपमा अघि बढाउनु अहिलेकाे आवश्यक रहेकाे बताउदै अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी रूपान्तरण र पुनर्गठन सकियो भने राम्रो हुने धारणा राख्नुभयाे । आफुलाई पार्टीले जनताले दिएको जिम्मेवारी स्वीकार गर्दै इमान्दारी पुर्वक पूरा गर्ने बताउनुभयो ।

 

उहाले अहिलेको गठबन्धन सरकारले राष्ट्रिय आवश्यकता पूरा गर्न नसक्ने बताउनुभयो । गठबन्धन सरकार भ्रष्टाचार गर्नेलाई  संरक्षण गर्ने, कुशासन प्रवर्द्धन गर्ने कार्यमा लागि रहेको बताउनुभयो । राष्ट्रिय स्वाधीनता जोगाउनेदेखि विकास लक्ष्य हासिल गर्नेसम्मको जिम्मेवारी माओवादी केन्द्रले वहन गर्नुपर्ने उहाको भनाइ छ । शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय तथा सामाजिक-आर्थिक रूपान्तरणका मुद्दाहरू पूरा गर्न पनि माओवादी केन्द्रले नै नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

Comments