ने वि संघकाे ५५ औं स्थापना दिवसकाे अवसरमा पाल्पाका १० वटै पालिकामा ज्ञापनपत्र हस्तान्तरण

पाल्पा -नेपाल विद्यार्थी संघकाे ५५ औं स्थापना दिवसकाे अवसरमा केन्द्रीय कार्यसमितिकाे निर्णय अनुसार  नेपालका ७ सय ५३ वटै पालिकामा आज नेपालको शैक्षिक गुणस्तर सुधारका लागि १७ बुँदे माग सहितको ज्ञापनपत्र बुझाइएको छ । त्यसै क्रममा नेपाल विद्यार्थी संघ पाल्पाले पनि जिल्लाका १० वटै  पालिकामा शैक्षिक गुणस्तर सुधारका लागि १७ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको नेपाल विद्यार्थी संघ पाल्पाका सभापति दिपक अर्यालले बताए । 

 

नेपालकाे समग्र राजनीतिक,सामाजिक,आर्थिक एवम शैक्षिक रूपान्तरणका लागि अनवरत रूपमा क्रियाशिल विद्यार्थीहरूकाे संगठन ने वि संघकाे ५५ औं स्थापना दिवसकाे अवसरमा नेपालकाे आधारभुत र माध्यमिक तहसम्मकाे विद्यालय शिक्षाकाे गुणस्तर अभिवृद्धि एवम उन्नयन गर्ने मुल उधेश्यका साथ पाल्पा जिल्लाका १० वटै पालिकामा पुगी पालिकाकाे वर्तमान शिक्षाकाे अवस्थाकाे अनुगमन,अध्ययन एवम अनुसन्धान गरिएकाे बताए । जिल्लाका पालिकाका  आधारभुत र माध्यमिक तह सम्मकाे शिक्षामा देखिएका साझा समस्या समाधान गर्न १७ बुदे माग सहित ज्ञापन पत्र बुझाएको बताए । 

 

ज्ञापन पत्र केन्द्रीय प्रतिनिधि कृष्ण अर्यालकाे हस्ताक्षरमा हस्तान्तरण गरिएको थियाे । ज्ञापन पत्रमा नेपालकाे संविधान २०७२ काे धारा ३१ मा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ काे दफा २(छ) र साेही ऐनकाे दफा २० र नियामवली २०६६ काे नियम ५ अनुसारकाे  विद्यार्थीहरूले माध्यमिक तह सम्मकाे शिक्षा निशुल्क पाउनु पर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्नुपर्ने,नेपालकाे संविधानले व्यवस्था गरेकाे बजेट कुल रकम मध्ये शिक्षामा २० प्रतिशत अनिवार्य रूपमा सार्वजनिक शिक्षामा लागू गर्नुपर्ने,पाठय क्रममा सार्वजनिक र निजि विद्यालयकाे पठनपाठनमा एकरूपता ल्याउनुपर्ने,बालबालिकाकाे सर्वाङ्गिण विकासलाई उच्च प्राथमिकतामा राखि प्राथमिक शिक्षालाई व्यवस्थित र रचनात्मक बनाउन मनाेरञ्जन र प्रविधिमैत्री शिक्षा सामाग्रीहरू उपलब्ध बनाउन,केन्द्रकृत छात्रवृत्ति पाेटलकाे माध्यमबाट बैज्ञानिक ढङ्गले वितरण गर्नुपर्ने,विद्यार्थीहरूले विद्यालय जादा शैक्षिक सामाग्रीहरू बाेक्ने झाेलाकाे बजन घटाउन विद्यालय झाेला पाेलिस ल्याउनुपर्ने माग राखेका छन ।  

 

त्यस्तै पालिका अन्तर्गत स्थापना भएका विद्यालयमा छात्राहरूकाे स्वास्थ्यलाई मध्ये नजर गरि विद्यालयमा एक छात्रामैत्री कक्ष र एक नर्सिङ्ग कक्ष स्थापना गर्नुपर्ने,पालिकाका विद्यालयहरूलाई आवासिय विद्यालय बनाउनुपर्ने लगाएत १७ बुद्वे माग सहित  ज्ञापन पत्र ने वि संघका केन्द्रीय प्रतिनिधि कृष्ण अर्याल र ने वि संघ पाल्पा जिल्ला सभापति दिपक अर्यालकाे नेतृत्वमा १० वटै पालिकामा ज्ञापन पत्र बुझाइएको ने वि संघका जिल्ला सदस्य अजय कार्कीले बताए । 

Comments