माथागढीको झडेवामा भलिवल तथा सास्कृतिक कार्यक्रम हुदै ।
विक्रम वारघरे पाल्पा-“ शिक्षा, संस्कृति, खेलकुद र कला राष्टको अमुल्य सम्पदा “ भन्ने नाराका साथ माथागढी गाउपालिकाको झडेवामा पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । आनन्दनगर खेलकुद विकास समितीको आयोजनमा यहि कार्तिक २८,२९ र ३० गते प्रतियोगिता हुन लागेको हो ।
आन्नद नगर खेलकुद विकास समितीको खेल मैदानमा हुन लागेको प्रतियोगिताको विजेताले ५० हजार उपविजेताले ३० हजार, तृतिय हुनेले २० हजार र सान्त्वनाले १० हजार ट्रफि , मेडल र प्रमाणपत्र पाउदा विधागत तर्फ उतकृष्ट हुने खेलाडीले पनि पुरस्कार पाउने छन् । कार्यक्रमको अन्तिम दिन स्थानिय तथा राष्टिय कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रमा लोक तथा दोहोरी गायक श्याम राना, रितु थापा, रुपेश कार्की, कमल भट्टराई, माया सारु, निरु सुनार,सुमन थापा, सोरठी नाच साथमा स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले वताएको छ ।








































Comments