माथागढीको गोठादी- माहिलाचौरमा ६८ वर्षीय महिलालाई स्थानीय खोलाले बगाएर मृत्यु !
रमेश राना,
पाल्पा- भीषण अविरल वर्षाले गर्दा जिल्लाको माथागढी गाउँपालिका वडा नं.-६, गोठादी- माहिलाचौरका ६८ वर्षीय रिमा सरा रानाको स्थानीय खोलाले बगाएर मृत्यु भएको छ ।
कामको सिलसिलामा गोठादीको सातपोखरी गएर माहिलाचौर घरतर्फ फर्कने क्रममा दिउँसोको ३:०० बजेतिर उक्त महिलालाई स्थानीय चिर्तुङ खोलाले बगाएर मृत्यु भएको माथा प्रहरीले जानकारी दिएको छ। महिलालाई खोलाले बगाएको जानकारी पाएसँगै स्थानीयबासी र प्रहरीको खोजतलास पश्चात करिब ५०० मिटर तल पुरनपानीमा रानाको मृत शरीर पत्ता लागेको जानकारी स्थानीयबासी कुल बहादुर गाहाले दिनुभयो । मृत रानालाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा लगिएको जानकारी प्रहरीले दिएको छ ।








































Comments