माथागढी-रहवासको उदय युवा क्लबले पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने !
रमेश राना,
पाल्पा- जिल्लाको माथागढी गाउँपालिका वडा नं.-७, रहवास ओखरीगौँडामा रहेको उदय युवा क्लबले चैत्र १८ देखि २२ गतेसम्म पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबका संयोजक तथा व्यवस्थापक अम्मर काम्मु मगरले उदय क्लबले अगाडिका वर्षहरुमा पनि भलिबल प्रतियोगिता आयोजना गरिदैँ आएकोमा सोही वार्षिक कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै यस वर्ष पनि चैत्र १८ देखि २२ गतेसम्म आयोजना गर्ने बताउनुभयो ।
प्रतियोगिता पुरुष तथा महिला दुवैको हुने समेत बताउनुभयो । पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु. ३० हजार , रु. २० हजार,रु. १० हजार,कप र मेडल भने महिला तर्फको प्रथम, द्वितीय र तृतीय हुने समूहलाई रु. १० हजार, रु.८ हजार, रु. ५ हजार ,कप र मेडल पुरस्कार प्रदान गरिने बताउनुभयो । संयोजक काम्मुका अनुसार खेल दर्ताको लागि पुरुषको - रु. २ हजार ५ सय र महिला खेल दर्ता रु. १ हजार ५ सय रहेको र खेल ओखरीगौँडाको बाताचुलि प्रा.वि को प्राङणमा हुने समेत बताउनुभयो । भने महिला तर्फको खेल चैत्र-१८ गतेबाट संचालन हुने र पुरुष तर्फको खेल चैत्र १९ गतेबाट संचालन हुने समेत संयोजक काम्मु मगरले जानकारी दिनु भयो । साथै खेल दर्ताको लागि सम्पर्क नं.- ९८४५९८५०२०, ९७६८८२०४६० र ९८४५४२२९४६ मा सम्पर्क गरि खेलको दर्ता सहभागिता जनाई सहयोग गरिदिनसमेत संयोजक काम्मु मगरले आग्रह गर्नुभयो ।








































Comments