माथागढी कप फुटबल प्रतियाेगिताकाे उपाधि रामपुरलाई
पाल्पा - माथागढी कप फुटबल प्रतियाेगिताकाे उपाधि रामपुर नपाले जितेकाे छ । बिहीबार माथागढीकाे सराई खेलमैदानमा रामपुर र माथागढीबीच भएकाे प्रतिष्पर्धामा रामपुरले माथागढीलाई १-० गाेल अन्तरले हराउँदै उपाधि चुमेकाे हाे । जितसँगै रामपुरले १ लाख नगद, प्रमाणपत्र, कप र ट्रफी भएकाे पाएकाे छ । आयाेजक टिम माथागढी दाेस्राे बनेकाे छ । उसले ७५ हजार नगद, मेडल र प्रमाणपत्र पाएकाे छ । यस्तै तिनाउ तेस्राे बनेकाे छ । तिनाउले ५० हजार नगदसहित मेडल र ट्रफी पाएकाे माथागढी खेलकुद विकास समितिका संयाेजक तेज घर्तीमगरले जानकारी दिनुभयाे ।
प्रतियाेगितामा माथागढी, रामपुर, तिनाउ, बगनासकाली र तानसेनकाे सहभागिता रहेकाे उहाँले जानकारी दिनुभयाे । समापन समाराेहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, आयाेजक पालिका माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापालगायतले पुरस्कार हस्तान्तरण गर्नुहुँदै शुभकामना बधाइ मनतव्य राख्नुभयाे । फुटबल प्रतियाेगिताबाट नयाँ खेलाडीकाे पहिचान गर्न र माथागढीमा फुटबल खेल संचालनकाे सम्भावित स्थल पहिचान गर्न सहयाेग पुग्ने गरी प्रतियाेगिता आयाेजना गरिएकाे पालिकाका अध्यक्ष चिदीले बताउनुभयाे ।








































Comments