माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
पाल्पा- जिल्लाकाे माथागढी गाउँपालिकाको आयोजनामा माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका घोषणा तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षता, प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, बिशिष्ट अतिथी गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया लुङ्गचे, स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र कुमार गिरी लगायत वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, वडाका जनप्रतिनिधीहरु राजनितिक दलका प्रतिनिधी, बिद्यालय शिक्षक,बिद्यार्थी टोल संयोजक, बद्धिजिवी,समाजसेवी लगायतको उपस्थितीमा एक समारोहको बीच सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारद्धारा जारी गरिएको “पूर्ण संस्थागत प्रसुति सेवायूक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८०” बमोजिमका मापदण्ड पुरा गरि यस माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका घोषणा गरिएको हो । लुम्बिनी प्रदेश सरकारको मुख्य चार मापदण्डहरु घरधुरी सर्वेक्षणबाट भेटिएका प्रोटोकल अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिलाहरु कम्तिमा ९०५ हुनु पर्ने, सुत्केरी भएका मध्ये कम्तीमा ९५५ महिलाहरुले दक्ष प्रसुतिकर्मीको उपस्थितीमा स्वास्थ्य संस्थामा नै प्रसुति गराएको हुनु पर्ने,घरमा हुने प्रसुति शुन्य हुनु पर्ने,प्रोटोकल अनुसार तीन पटक सुत्केरी जाँच कम्तिमा ९०५ हुनु पर्ने रहेकोमा माथागढी गाउँपालिकाको आ.ब. ०७९÷८० मा २४२ जना गर्भवती महिलाहरु मध्ये २३७ (९८५) जनाले गर्भ जाँच गराएको, जम्मा २४२ जना गर्भवती महिलाहरु सबैले स्वास्थ्य संस्थामा प्रसुति सेवा लिएको र २४१ (९९५) जनाले सुत्केरी जाँच गराएको, त्यस्तै यस चालु आ.ब.०८०÷८१ को फागुण सम्ममा १८२ गर्भवती महिलाहरु मध्ये १७९ (९८५) जनाले गर्भ जाँच गराएको, १८२ गर्भवती महिलाहरु सबैले स्वास्थ्य संस्थामा प्रसुति सेवा लिएको र १८० (९९५) जनाले सुत्केरी जाँच गराएकोले पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा सम्भव भएको हो ।
माथागढी गाउँपालिकाको वडा नं १ चिदीपानी, वडा नं. २ रुप्से र वडा नं. ३ कसेनी गत आ.ब. ०७९÷८० मै पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएकोमा आज पुन सुनिश्चित गरिएको थियो भने बाँकी वडाहरु वडा नं. ५ हात्तिलुङ्ग, वडा नं. ६ गोठादी, वडा नं. ७ रहवास र वडा नं. ८ बहादुरपुरलाई सम्बन्धित वडामै घोषणा सम्पन्न गरिएको र वडा नं. ४ झडेवालाई आजै घोषणा पश्चात कार्यक्रमका प्रमुख अतिथी, जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख श्री टंकनाथ खनाल ज्यूले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्दै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।
त्यस्तै गाउँपालिका भित्रका सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र गाउँपालिकाका अध्यक्ष श्री यम बहादुर चिदीले वडा अध्यक्षहरु र स्वास्थ्य संस्था प्रमुखलाई हस्तान्तरण गरिएको र तत् पश्चात कार्यक्रमका प्रमुख अतिथि, जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुखबाट गाउँपालिकाका अध्यक्षलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले माथागढी गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको लगानी फलस्वरुप यो प्रतिफल प्राप्त भएको र यसलाई जोगाउन सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भएको थियो । त्यस्तै गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले स्वास्थ्य क्षेत्रमा गरिएको खर्च खर्च नभएर लगानी भएको र त्यसको प्रतिफल क्रमश प्राप्त हुने त्यसका लागि गाउँपालिका लागि परेको, स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन सामुदायिक स्वास्थ्य ईकाइहरु स्थापना गरिएको, सबै बर्थिङ्ग सेन्टरलाई गुणस्तरीयताका साथ संचालनमा ल्याईएको, २ वटा एम्बुलेन्स संचालनमा रहेको बताउँदै पूर्ण संस्थागत प्रसुति सेवा र पूर्ण खोप सुनिश्चित पालिकाको अवस्था कायम राख्नकालागि सबै सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भएको थियो । यस पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न अहोरात्र खटिनुहुने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, बिद्यालयका शिक्षक, समाजसेवी÷बुद्धिजिवी, कर्मचारी, जनप्रतिनिधी लगायत सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्गचे, स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र कुमार गिरी, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष शंकर दर्लामी थापा, सामाजिक बिकास समितिका संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष राजकुमार पंन्थी, वडा नं. ३ का वडा अध्यक्ष तेज बहादुर घर्ती मगर, ने.क.पा.एमाले माथागढी ईन्चार्ज सन्तोष भट्टराई, ने.क.पा.माओवादीका प्रतिनिधी प्रकाश जि.सी. नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, समाजसेवी नारायण प्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गर्दै प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । पञ्चेवाजा सहितको र्यालीबाट शुरु भएको कार्यक्रममा गीत, नृत्य पनि प्रस्तुत गरिएको थियो ।








































Comments