माथागढी गाउँपालिका वडा न १ चिदीपानीमा एकिकृत घुम्ती शिविर,६ सय १ जनाले लिए सेवा !!

पाल्पा-माथागढी गाउँपालिका आयोजनामा एकिकृत घुम्ती शिविर वडा नं १ चिदीपानीमा सम्पन्न भएको छ । स्वास्थ्य सेवा अन्तर्गत चिकित्सकद्वारा बिरामी परिक्षण, परिवार नियोजनको लामो अवधिको साधन ईम्प्लान्ट र आइयुसीडि सेवा, पाठेघरको मुखको क्यान्सर भिआइए परिक्षण, प्रजनन रुग्णता सम्बन्धी सेवा, ल्याब सहित समग्र स्वस्थ्य सेवा ३ सय १७ ले,आयुर्वेद स्वास्थ्य सेवा २३ जनाले,कृषि सम्बन्धी सेवा ७८ जना, पशु सम्बन्धी सेवा ७० जना ,जेष्ठ नागरिक सम्बन्धि सेवाहरु,जेष्ठ नागरिक परिचय पत्र बितरण २ सय २० जनाले सेवा लिएका माथागढी १ का वडा अध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो । शिविरमा बालमैत्री स्थानीय शासन प्रबर्द्धन, घटना दर्ता, योजना सम्झौता लगायतका सेवा प्रदान गरेको माथागढी १ का वडा अध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो । 

 

गाउँपालिकाबाट प्रदान गरिने सम्पुर्ण सेवा सहित खटिएको टोलीले ६ सय १० बढी सेवाग्राहीलाई उत्साहजनक रुपमा सेवा प्रदान गरेको वडा अध्यक्ष पन्थीले बताउनुभयो । गाउँपालिकाको अपाएक वडाका नागरिकलाइ सहज सेवामा पहुचँ स्थापित गर्न घुम्ती शिविरको आयोजना गरिएको माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदिले बताउनुभयो । आफ्नै गाउँ ठाँउमा सबै सेवा पाएपछि स्थानीय नागरिक खुशी भएका छन । स्थानिय सरकारले स्थापना गरेको मसला उधाेग र टपरी उधाेगका उत्पादनलाइ बजारीकरण र प्रचारप्रसार कार्यलाइ जोड दिदै नियमित काम सहित घुम्ती शिविर क्रमशः अन्य वडामा पनि सन्चालन हुने प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो । आफ्नै टोल बस्तिमा यस्तो सेवा लिन पाउदा अत्यन्तै खुसि महसुस भएको माथागढी १ चिदीपानी चारघरेकि लक्ष्मी सिङजालीले बताउनुभयो । घुम्ती शिविरमा जिल्ला अस्पताल पाल्पाका विशेषज्ञ डाक्टर सहित पालिकाका सम्पुर्ण बिषयगत कार्यालका कर्मचारी, वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेबिकाहरुले सकृय रुपमा सेवाग्राहिलाइ सेवा प्रदान गर्नुभएको थियो । शिबिरमा माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, प्रमुख प्रसासकिय अधिकृत राम प्रसाद घिमिरे, वडा अध्यक्ष राजकुमार पन्थी कार्यपालिका सदस्य तुल्सा न्यौपाने, वडा सदस्यहरु टोल बहादुर मश्राङ्गी, लिला कुमारी बिक लगाएतको उपस्थितिमा सम्पन्न भएको हो ।

 

शिविर माघ ५ गते वडा न ३ मा,६ गते वडा न ६ मा,७ गते वडा न ४ मा, र माघ ८ गते वडा न ५ मा आयोजना हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एकीकृत घुम्ती शिविर कार्यक्रममा १३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

Comments