माथागढी गाउँपालिका स्तरीय “विज्ञान प्रदर्शनी प्रतियोगिता” सम्पन्न
विक्रम बारघरे
“शान्ति र विकासको लागि विश्व विज्ञान दिवस २०२४”को अवसरमा माउन्ट मालिका इङ्गलिश बोर्डिङ्ग स्कुल द्वारा आयोजित पालिका स्तरीय अन्तर विद्यालय(प्रा. वि. तह) “विज्ञान प्रदर्शनी प्रतियोगिता” सम्पन्न भएको छ । प्रतियोगितामा माथागढी भित्रका ७ वटा विद्यालयहरूको सहभागिता रहेको थियो । जसमा ज्ञानोदय आधारभूत विद्यालय, माथागढी- १, चिदिपानी प्रथम, द्वितीय स्थान सनराइज पब्लिक सेकेन्डरी स्कुल, माथागढी- २, रूप्से र रत्न माद्यमिक विद्यालय, माथागढी- ४, झडेवा तृतीय भएको छ ।
प्रतियोगितामा विद्यार्थीहरूले आफुले प्रदशर्नमा ल्याएका विज्ञान सामाग्रीहरूको बारेमा जानकारी दिएका थिए । विद्यार्थीहरूले स्मार्ट माडी, आर्टीफिसियल ग्रीन हाउस, वाटर लेभल इन्डिकेटर, भल्केनो इरप्सन, वाईन्ड ईनर्जि, सेभ अर्थ, सोलार सिस्टम, फिजिकल ब्यालेन्स लगायतका विज्ञान सामाग्रीहरूको प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले यस्ता कार्यक्रमले विद्यार्थीलाई सिर्जनशिल तथा विज्ञान विषय सम्बन्धी थप प्रयोगात्मक रूपमा खोजिनिति गर्न सहयोग पुर्याउने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर बारघरेको अध्यक्षता, गाउँपालिका अध्यक्ष यम बहादुर चिदीको प्रमुख आतिथ्यता, शिक्षक दिपक थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको माउन्ट मालिका इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक मिन बहादुर सिंजालीले जानकारी दिनुभयो ।








































Comments