माथागढी–१ चिदीपानीमा वडा अध्यक्ष कप भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन

पाल्पा जिल्लाको माथागढी गाउँपालिका–१ चिदीपानीमा सप्तपथ युवा क्लबको आयोजनामा सम्पन्न वडा अध्यक्ष कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । सौभाग्य माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको उक्त प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रतिको चासो र सहभागिता उल्लेखनीय रूपमा बढाएको छ । 

 

खुल्ला महिला तथा पुरुषतर्फ सञ्चालन गरिएको प्रतियोगितामा पुरुषतर्फ २५ टिम र महिलातर्फ ५ टिम गरी कुल ३० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताभर प्रतिस्पर्धात्मक तथा अनुशासित खेलहरू प्रदर्शन भएका थिए । समापन समारोहका प्रमुख अतिथि माथागढी गाउँपालिका–१ का वडा अध्यक्ष राजकुमार पन्थीले खेलकुदले युवामा अनुशासन, स्वास्थ्य तथा सामाजिक एकता विकास गर्ने उल्लेख गर्दै स्थानीय तहबाट खेलकुद प्रवर्द्धनका लागि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय स्तरमै खेलकुद प्रतिभा पहिचान र विकासका लागि यस्ता प्रतियोगिताको निरन्तरतामा जोड दिनुभयो । 

 

पुरुषतर्फ सम्पन्न दिनुभयो पुर्षतर्फ प्रथम स्थान: मनकामना भलिबल टिम , दोस्रो स्थान: आयोजक सप्तपथ युवा क्लब तेस्रो स्थान: बिर्घा भलिबल टिम विजेता टिमहरूलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।त्यसैगरी महिला तर्फ प्रथम स्थान: रमैडाडा भलिबल टिम  दोस्रो स्थान: आयोजक सप्तपथ युवा क्लब तेस्रो स्थान: हेक्लाङ भलिबल टिम भएको थियो।महिला तर्फका विजेता टिमहरूलाई क्रमशः १० हजार, ७ हजार र ४ हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक साजन चिदीले जानकारी दिनुभयो ।

 

समापन कार्यक्रम मा बिशिस्ट अतिथिको रुपमा वडा सदस्य टोल ब मश्राङी थापा , चन्दादाताहरु मोहोन आले प्रकास दर्जि , महेश आचार्य माधब आचार्य खुमा रेग्मी  चेत ब केसी लगाएत उल्ल्यख्य समाजसेबी बुद्दीजिबीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम सप्तपथ युवा क्लबका अध्यक्ष शिव प्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन साहिल सुनार र अम्बिका काफ्लेले गर्नुभएको थियो। समापन अवसरमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गर्दै विशेष सम्मानसहित धन्यवाद ज्ञापन गरिएको आयोजकले जनाएको छ । साथै अध्यक्ष ढुङ्गानाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, वडा कार्यालय, विद्यालय, स्वयंसेवक, सुरक्षाकर्मी तथा दर्शकप्रति आभार व्यक्त गर्नुभयो । वडा अध्यक्ष कप भलिबल प्रतियोगिताले माथागढी–१ चिदीपानी क्षेत्रमा खेलकुद संस्कृतिको विकास, युवा सशक्तीकरण तथा सामाजिक सद्भाव प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको स्थानीयवासीहरूको भनाइ छ । 

Comments