मंसिर २२ र २३ गते रिब्दीकाेट -रैनादेबी छहरा दाेस्त्राे सुन्तला महाेत्सव २०८१ हुदै
लुम्बिनी प्रदेशको पाल्पा जिल्लाका रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका सुन्तला खेतीमा प्रख्यात छन्। रिब्दीकोट गाउँपालिकाका आठ वटा वडामध्ये चारवटा वडा र रैनादेवीका केही वडाका किसानहरू केही वर्ष यता व्यवसायिक रूपमा सुन्तलाखेतीमा लागेका छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो ।स्थानीय किसानहरूका अनुसार खेतबारीमा फल्ने धान, मकै र गहुँबाट हुने आम्दानीको तुलनामा त्यति नै क्षेत्रफलमा लगाइएको सुन्तलाबाट निकै बढी आम्दानी हुन्छ। श्रम पनि कम पर्छ । अन्न खेतीबाट भन्दा सुन्तलाबाट घरखर्च धान्न सजिलो हुने भएपछि किसानहरू सुन्तलाखेतीमा आकर्षित भएका हुन् । रिब्दीकोट र रैनादेवी छहराका अधिकांश किसानले पाखोबारीमा लगाएका बगैँचाबाटै वार्षिक एक लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गरेका छन्।
किसानहरू कात्तिक लागेपछि फाटफुट रूपमा सुन्तला बेच्न सुरु गर्छन् । मध्य मंसिरमा आइपुग्दा उनीहरू सुन्तला टिपेर बजार पुर्याउने प्रबन्ध गर्न व्यस्त हुन्छन् । पाकेका सुन्तलाले बगैँचा पहेँलै भएको छ।
यही मौकामा रिब्दीकोट गाउँपालिका र रैनादेबी छहरा गाउँपालिकाकाे संयुक्त आयाेजनामा सुन्तला महोत्सव हुने भएको छ । रैनादेबी छहरा गाउँपालिका र रिब्दीकाेट गाउँपालिकाकाे संयुक्त आयाेजनामा हुन लागेको दाेस्त्राे सुन्तला महोत्सवकाे तयारी तिव्र पारिएको पत्रकार भेटघाट कार्यक्रम आयाेजकले बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले दुइवटा पालिका मिलि महाेत्सव आयाेजना गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयाे । सुन्तलाजस्तो विशेष उत्पादनले रैनादेबी छहरा र रिब्दीकाेट क्षेत्रमा मात्र होइन, देशभर आर्थिक समृद्धि र रोजगारीका अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । महोत्सवले कृषक र उपभोक्ताबीचको सेतु बनेर कृषि उत्पादनलाई बजारसम्म पुर्याउने मार्ग प्रशस्त गर्ने बताउनुभयो । साथै, यो केवल कृषि उत्पादनको प्रदर्शनी मात्र नभई, हाम्रो संस्कृतिको प्रचार-प्रसार र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण प्लेटफर्म भएको बताउनुभयो । पालिकाहरूले आगामी दिनहरूमा बाझाे रहेका जमिनहरूलाई सदुपयोग गरि सुन्तला बगाैचाकाे रूपमा विकास गरि कृषिहरूकाे जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रमलाई प्राथमिकिकरण गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारको तर्फबाट कृषकहरूको क्षमता अभिवृद्धि र प्रविधिमैत्री कृषि प्रणालीको विकास गरि सुन्तलाकाे उत्पादन र गुणस्तर वृद्धि गर्न सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महाेत्सवका संयाेजक एवम रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले रैनादेबी छहरा र रिब्दीकाेट गाउँपालिकामा सुन्तलाकाे उत्पादन राम्रो हुने भएकाले महाेत्सवमा माध्यमबाट प्रवर्द्वन गर्न लागिएको बताउनुभयो । सुन्तलालाई सरकारले राष्ट्रिय फल घाेषणा गरेको र घाेषणा गरेर मात्र नहुने हुदा उक्त घाेषित सुन्तलालाई व्यवहारिकता प्रदान गर्न महाेत्सव आयाेजना गर्न लागिएको बताउनुभयो । महाेत्सवमा सुन्तला सम्बन्धि शिविर,माटाे परिक्षण,विरूवाकाे लागि आवश्यक सरसल्लाह सहित शिविर सञ्चालन गरिने बताउनुभयो । गत बर्ष रैनादेबी छहरा गाउँपालिकाले ३ कराेडकाे सुन्तला विक्री गरेको बताउनुभयो । महाेत्सवमा पाणिनी गाउँपालिकाबाट समेत कृषकहरू सहभागी हुने बताउनुभयो ।
कार्यक्रममा रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले किसानले उत्पादन गरेका सुन्तलाकाे बजारीकरण र प्रवर्द्वन गर्नका लागि महाेत्सव गर्न लागिएको बताउनुभयो । महाेत्सवमा सुन्तला र सुन्तलाबाट बनाइएका परिकारहरूकाे प्रर्दर्शनी गरिने बताउनुभयो । विशेषगरी महाेत्सवमा गुणस्तरीय मापदण्ड पूरा गरि पिउन याेग्य पिय पदार्थहरूकाे बजारीकरण गरिने बताउनुभयो । पहाडी जिल्लामा निर्वाहमुखी खेतीलाई व्यवसायी बनाइ सुन्तला खेतीका लागि बगाैचा निर्माण गर्ने गरि कृषकहरूलाई प्रेरित गर्ने खालका कार्यक्रम पालिकाले ल्याउने बताउनुभयो । रिब्दीकाेट गाउँपालिकाले गत आर्थिक बर्षमा १४ हजार सुन्तलाका बिरुवा राेपेकाे बताउनुभयो । गत बर्ष गाउँपालिकाले करिब ६ कराेड १५ लाखकाे सुन्तला विक्री गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रमकाे बारेमा जानकारी गराउदै रिब्दीकाेट गाउँपालिका वडा न ७ का वडा अध्यक्ष एवम सुन्तला महाेत्व २०८१ का प्रचार प्रसार संयाेजक दान बहादुर कुँवरले दुई पालिका मिलेर २ दिने महाेत्व गर्न लागिएको बताउनुभयो । पहिलाे महाेत्सव रिब्दीकाेट वडा न ७ पालुङ्ग मैनादीमा गत बर्ष मंसिर १६ गते सम्पन्न भएको थियाे । उक्त महाेत्सवले किसानलाई प्राेत्साहित गरेको बताउनुभयो । उक्त महाेत्सवमा सञ्चालित सुन्तला सम्बन्धि शिविरले कृषकहरू लाभान्वित भएका थिए । विशेष गरि महाेत्सवमा सुन्तला र सुन्तलालाई विविधिकरण गरि परिकारहरूकाे विक्री वितरण गरिने बताउनुभयो । रिब्दीकाेट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पाेखरेलले पालिकाले असल अभ्यासका रूपमा किसानलाई किसान कार्ड प्रदान गरिएको ,अकबरे खुर्सानी,अदुवा र बेसार कार्यक्रमका लागि १ कराेड ५० लाख बजेटमा काम गरेको बताउनुभयो ।








































Comments