मंसिर २२ गते तानसेनकाे टक्सारमा याेमरी महाेत्सव हुने!!

पाल्पा-नेवार (नेवाः) समुदायले मनाउने विभिन्न चाडपर्वमध्येको विशेष चाड हो, योमरी पून्हि । हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाका दिन नेवार समुदायले योमरी पून्हि मनाउँछन् । नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट योमरी बनाइन्छ । यस चाडलाई खाद्य पदार्थको रसिलो चाड पनि भन्ने गरिन्छ । यो पर्व विशेष गरी अन्नको राजा धानसँग सम्बन्धित छ । 

 

यसैबिच जिल्लाकाे तानसेन नगरपालिका वडा न ३ टक्सार टाेलमा विगतकाे बर्षमा जस्तै याे बर्ष पनि याेमरी महाेत्सव गरिने आयाेजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन  । नेवारी समुदायमा प्रचलित नेवारी खाना याेमरीकाे प्रचार प्रसार गर्ने उधेश्यले महाेत्सव गर्न लागिएको आयाेजकले जनाएका छन । महाेत्सव मैत्री क्लब तानसेन पाल्पाको मुख्य आयाेजना तथा तानसेन वडा न ३ आयाेजनामा हुन लागेको हाे । एक दिने याेमरी महाेत्सवमा नेवारी खाना याेमरीसँगै नेवारी सस्कृतिकाे प्रदर्शनी गरिनेछ ।

 

मैत्री क्लब तानसेन पाल्पाका सल्लाहकार एवम महाेत्सवका प्रचार प्रसार संयाेजक रिलरमान महर्जनका अनुसार परम्परागत नेवारी संस्कृति सहित नेवारी खाना परिकार योमरीको प्रचारप्रसार गर्ने उद्देश्यले योमरी महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । महाेत्सवमा २० वटा स्टल रहनेछन । जस्मा याेमरी लगाएत नवारी खानाकाे प्रर्दशनी रहनेछ । मैत्री क्लबले स्थापना देखि सामाजिक कार्य गर्दै आए पनि केही बर्ष अघिबाट नेवारी समुदायमा प्रचलित नेवारी खाना याेमरी लाेप हुदै जान लागेकाे परिस्थितिलाई मध्ये नजर गरि महाेत्सव गर्न शुरू गरिएको बताउनुभयो । टक्सारमा गरिने याे महाेत्सव चाैथाे हाे र आगामी दिनमा पनि महाेत्सवलाई क्लबले निरन्तरता दिइने कार्यक्रम संयाेजक  महर्जनले जानकारी दिनुभयाे ।  महोत्सवलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभएकाे छ । महाेत्सव मंसिर २२ गते टक्सारको गणेश मन्दिर परिसरमा गरिने बताउनुभयो  ।

 

तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्यले नेवारी समुदायमा परम्परादेखि प्रचलित योमरी पर्व लोप हुने अवस्थामा पुगेकाले यसको जर्गेना गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताउनुभयो । ‘नयाँ पुस्तालाई परम्परागत संस्कृतिका बारेमा चासो नै छैन उहाँले भन्नुभयो संस्कृतिक पक्ष नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सव आयोजना गर्न लागेका हौँ ।’वडाले याे बर्ष महाेत्सवका लागि ४० हजार रूपैयाँ बजेट बिनियाेजन गरेको बताउनुभयो । 

 

महोत्सवमा नेवारी संस्कृति सहित नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार योमरीलगायतको स्टल प्रदर्शन गरिनेछ । महोत्सवमा मुख्य गरी योमरी बनाउन सिकाइने, यो परिकारको महत्व तथा फाइदाका बारेमा समेत जानकारी दिइने वडा अध्यक्ष शाक्यले बताउनुभयो । कार्यक्रम सचिव बिनु थापा शाक्य सञ्चालन र क्लबका अध्यक्ष मनिता शाक्य अध्यक्षतामा सम्पन्न भएको थियाे । मैत्री क्लब तानसेन पाल्पा,जिल्लाकाे विभिन्न सामाजिक कार्यमा सकृय रहदै आएकाे छ । विगतका बर्ष देखि क्लबले सामाजिक कार्यसँगै नेवारी समुदायमा आधारित याेमरीकाे प्रचार एवम कला सस्कृतिकाे जगेर्ना गर्न याेमरी महाेत्सव गर्दै आएकाे छ ।

Comments