मिसनमा ४ कराेड ५ लाखमा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण भइरहेको छ:नगर प्रमुख श्रेष्ठ

पाल्पा-तानसेन नगरपालिकाकाे वडा न १ मा रहेको मिसन अस्पताल नजिकै अहिले नगरकाे गाैरब याेजना रहेको वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण तिव्र गतिमा भइरहेको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ बताए । करिब ४ करोड ५ लाखका लागतमा युनाइटेड मिशन अस्पतालमा राेट्री क्लब अफ पाल्पा तानसेन र नगरपालिकाकाे लगानीमा निर्माण कार्य धमाधम भइरहेको नगर प्रमुख श्रेष्ठले बताए । 

 

याे याेजना तानसेन नगरपालिकाकाे गाैरबकाे याेजना हाे । उक्त परियाेजनाबाट मिसन अस्पताल तथा बजार क्षेत्रबाट निस्कासन हुने फाेहाेर पानीलाई पुन शुद्धीकरण गरि शुद्व पानी उत्पादन गरिने बताए । उत्पादित पानीकाे कृषकहरूले खेत बारिमा सिचाईकाे लागि,पिउन नमिल्ने तर अन्य घरायसी परियाेजनका लागि नागरिकहरूले प्रयाेग गर्न सक्ने छन । फाेहाेर र दुर्गन्धित ढलले गर्दा उक्त क्षेत्रका नागरिकहरूलाई समस्या रहेको थियाे । उक्त परियाेजनाले एक तर्फबाट पानीकाे समस्या समाधान टेवा पुग्ने छ । भने अर्को तर्फ ढलकाे व्यवस्थापन समेत टेवा पुग्ने नगर प्रमुख श्रेष्ठ  बताए । परियाेजनाकाे अनुगमनमा पुग्नु भएका नगर प्रमुख श्रेष्ठले काम ताेकिएकाे समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भएको छ । उहाले भन्नुभयाे काम तिव्र गतिमा भइरहेको छ । गुणस्तरकाे काम गर्न र समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयाे । तानसेनमा बर्षाे देखि खानेपानी ठुलाे समस्या रहेको थियाे । अहिले तानसेनकाे खानेपानी क्षेत्रमा आमुल परिवर्तन आएकाे छ । बिशेष गरि चैत बैशाखकाे समयमा १५ दिनमा एक पटक खानेपानीकाे धारा आउने गरे पनि नगर सरकारले याे समस्याकाे समाधान गर्न सफल भएको बताए । आगामी दिनमा याे परियाेजना सफल भए पछि मिसन अस्पताल र यस क्षेत्रका नागरिकहरूलाई पानीकाे समस्या समाधान थप टेवा पुग्ने नगर प्रमुख श्रेष्ठले बताए । आँपटारि क्षेत्रमा कृषकहरूले तरिका खेती गर्ने गरेका छन । उक्त स्थानका कृषकहरूलाई सिचाइका लागि पानीको आवश्यकता छ । अब परियाेजनाले कृषकहरूका समस्यालाई पनि केही हद सम्म समाधान गर्ने बताए । तानसेनकाे विकास कृषि र पर्यटनबाट नै सम्भव छ । कृषिलाई आधुनिकिकरण गर्न,व्यवसायीक बनाउन सिचाइकाे अत्यावश्यक छ । यस परियाेजनाले कृषकहरूलाई व्यवसायीक बनाइ सिचाईकाे माध्यमबाट आत्मनिर्भर बनाउन टेवा पुग्ने अपेक्षा नगर सरकारले गरेको नगर प्रमुख श्रेष्ठले बताए ।

 

अनुगमनमा पुग्नु भएका तानसेन नगरपालिका प्रवक्ता एवम राेट्री क्लब अफ पाल्पा तानसेनका अध्यक्ष यादब सिङ कार्कीले उक्त परियाेजना ४ कराेड ५ लाख निर्माण हुन लागेको बताए । परियाेजनाले मिसन अस्पताल भित्र र बस्तीकाे फाेहाेर पानीलाई एन बि बि आर अमेरिकन प्रविधि तर भारतमा बनेको अत्याधुनिक मेसिनकाे जडान गरि पानीकाे शुद्धीकरण गरिने बताए । 

 

उक्त परियाेजना २०८० असार १३ गते सम्झाैता भएको र निर्माण कम्पनीले २०८१ जेठ मसान्तसम्म सम्पन्न गर्ने गरि जिम्मा लिएको बताए । उक्त परियाेजना अन्तर्गत हाल सम्म ३२ वटा चेम्बर निर्माण कार्य सम्पन्न भइसकेको छ । परियाेजनाका लागि करिब २ लाख लिटरकाे पानी टंक निर्माण कार्य तिव्र गतिमा भइरहेको बताए । उक्त परियाेजना सम्पन्न भए पछि मिसन क्षेत्रका नागरिकलाई पानीकाे सहज उपलब्धता हुनेछ भने अर्काे तर्फ गर्मीकाे समयमा डढेलाे नियन्त्रणका लागि समेत पानीकाे प्रयाेग गर्न सकिने गरि दीर्घकालीन याेजना बनाइएको प्रवक्ता कार्कीले बताए । 

 

अनुगमनमा नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला,वडा ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल लगाए जनप्रतिनिधि,नगरपालिकाका कर्मचारी,स्थानीय साथै सम्पूर्ण राेटरियन महानभावहरू उपस्थिति रहेको थियाे । उक्त परियाेजना २०८१ जेठ मसान्तसम्म सम्पन्न गर्ने गरि पराजुली कन्ट्रक्सन लमजुङले ठेक्का लिएको युनाइटेड मिसन अस्पतालका प्रमुख जीवन भट्टराईले बताए ।

Comments