मासु व्यवसायी समिति पाल्पाकाे अध्यक्षमा बिनाेद खाती

पाल्पा- पाल्पाका मासु व्यवसायीहरूकाे छाता संगठनकाे रूपमा रहेको मासु व्यवसायी समिति पाल्पाकाे अध्यक्षमा विनाेद खाती चयन भएका छन । उनि २१ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट अध्यक्ष पदमा चयन भएका हुन  । पाल्पाकाे पर्यटकिय स्थल श्रीनगर डाडाँमा भएकाे बिहिवारकाे पाँचौ अधिवेशनबाट खाती सर्वसहमतिले अध्यक्षमा चयन भएका हुन ।

 

समितिकाे उपाध्यक्षमा दुर्गा बहादुर पछाई चयन भएका छन । त्यस्तै सचिवमा सुधिर श्रेष्ठ र  काेषाध्यक्षमा हरि बहादुर रावल चयन भएका छन । सदस्यहरूमा देउरूपा राना,रूद्र गाहा,फारूव वार्सि,बिष्णु मश्राङ्गी,माेहन राना,रम्भा देबी शाही र डिल बहादुर राना सहित  ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।

 

२१ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन कार्यक्रमका प्रमुख अतिथि दल बहादुर राजपुतले मासु व्यवसायी समिति पाल्पा जिल्लामा  वि स २०६० सालमा स्थापना भएको बताए । पाल्पामा समिति गठन पश्चात जिल्लामा रहेका मासु व्यवसायीहरूकाे हक हित र अधिकारका लागि काम गर्दै आएकाे बताए । मासु व्यवसायी समिति पाल्पा जिल्ला स्तरीय भएता पनि जिल्ला भरिका सबै स्थानीय तहलाई अझै समेट्न नसकिएको बताए । हाल समितिले तानसेन नगरपालिका र थाेरै पालिकाहरूलाई समेटेको छ । आगामी नयाँ कार्यसमितिले जिल्लाका १० वटै स्थानीय तहका मासु व्यवसायीलाई समेटि जिल्ला भरमा सङ्गठन विस्तार गर्ने गरि काम गर्नुपर्ने बताए । तानसेन नगरपालिकाले मासु व्यवसायीकाे फाेहाेर नउठाउने गरेको बताए । नगरपालिकाले मासु व्यवसायीहरूसँग कर लिने तर व्यवसायीहरूकाे फाेहाेर नउठाउने गरेको गुनासाे गरे । मासु व्यवसायीहरूसँग सरकारले कर उठाए पछि फाेहाेर पनि उठाउनुपर्ने बताए । यस बिषयमा समितिकाे गम्भीर ध्यानाकर्षण भएको बताए । 

 

कार्यक्रममा विशिष्ट अतिथि मासु व्यवसायी समिति पाल्पाका  सस्थापक अध्यक्ष रमेश राज बज्राचार्यले समिति गठनकाे शुरूवात पाल्पा उधाेग वाणिज्य संघमा १० रूपैयाँ पैसा उठाएर गरिएको बताए । समितिले विगत देखि बतर्मान समयमा आउदा धेरै उतार चडाप भाेगेकाे बताए ।  नयाँ कार्य समितिले आगामी दिनमा मासु व्यवसायीहरूलाई प्रशिक्षाणत्मक कार्यक्रम दिनुपर्ने आवश्यकता रहेको बताए । समितिले पाल्पा जिल्लाका मासु व्यवसायीहरूलाई एकजुट बनाइ सहकारी अवधारणा अगाडि बढाउन आवश्यकता रहेको बताए । सहकारीकाे माध्यमबाट मासु व्यवसायीहरूलाई आवश्यक  बचत तथा ऋण सुविधा प्रदान गर्ने गरि सहकारीकाे अवधारणालाई अगाडि बढाई लगानी गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए । नयाँ कार्य समितिले आगामी दिनमा यस तर्फ ध्यान दिनुपर्ने बताए । 

 

कार्यक्रममा मासु व्यवसायी समिति पाल्पाका काेषाध्यक्ष दुर्गा पछाईले ९ लाख २५ हजार ६ सय १ रूपैयाँ बराबरको आर्थिक आयव्याय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार तर्फबाट सन्तोष गहतराज,धन बहादुर बुढाथोकी लगाएतले मन्तव्य राख्नु भएको थियाे । कार्यक्रम मासु व्यवसायी समिति पाल्पाका अध्यक्ष भुपेन्द्र केसीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments