मरिसकेका व्यक्तिको नाममा भत्ता वितरण समाचार सामाग्री प्रति गाउँपालिकाकाे गम्भीर ध्यानाकर्षण
पाल्पा-मरिसकेका व्यक्तिको नाममा भत्ता वितरण भन्ने विषयमा प्रकाशित समाचार सामाग्री प्रति रैनादेबी छहरा गाउँपालिकाकाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मिति २०८१/०४/२५ गते विभिन्न सञ्चार माध्यमबाट मार्फत मरिसकेका व्यक्तिको नाममा भत्ता वितरण भन्ने विषयमा प्रकाशित समाचार सामाग्री प्रति गाउँपालिकाकाे गम्भीर ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै चौथो किस्ताको सामाजिक सुरक्षा भत्ता मिति २०८०/०३/११ गते सम्बन्धित बैङ्कमा निकासा गरिसकेको र लाभग्राहीको मृत्यु दर्ता समयमा नगरेको अवस्थामा उक्त सामाजिक सुरक्षा भत्ता बैङ्कले सम्बन्धित लाभग्राहीको खातामा रकम जम्मा गरिदिने अवस्था रहन्छ । यदी लाभग्राहीको मृत्यु भएको खण्डमा मृत्यु हुनु अगाडिको सामाजिक सुरक्षा भत्ता रकम हकवालाले पाउने र बाँकी अवधीको रकम बैङ्कले नै संघीय सरकारको बेरुजु फछ्र्योट खातामा फिर्ता गर्ने गर्दछ ।
सोही व्यवस्था अनुसार गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आईरहेका नेपाल बैङ्क लिमिटेडले मिति २०८०/१२/२५ मा राष्ट्रिय वाणिज्य बैङ्कको भौचर नं. ११४०२८६४ बाट रु.१७,०८६ सिटिजन्स बैङ्क ईन्टरनेसलन लिमिटेडले मिति २०८०/१२/२५ मा राष्ट्रिय वाणिज्य बैङ्कको भौचर नं.११४०२८६३ बाट रु.१,०५,५०२.६६ र ग्लोबल आई.एम्.ई. बैङ्कले मिति २०८०/१२/२५ मा राष्ट्रिय वाणिज्य बैङ्कको भौचर नं. ११४०२८६५ बाट रु.२३,०८४ संघीय सरकारको बेरुजु फछ्यौट खाता (खाता नं.१०००१००२०००१००००) मा फिर्ता गरिसकेको छ । कार्यसम्पादनको क्रममा यस्तो अवस्था आईरहने र बचत रकम सम्बन्धित निकायमा फिर्ता हुने हुँदा यसबाट कुनैपनि आर्थिक हिनामिना नहुने व्यहोरा प्रष्ट पार्दछ । गाउँपालिकाका नि प्रमुख प्रशासकीय लिला मनि बस्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।








































Comments