माओवादी सदन र सडकमा शसक्त ढंगले प्रतिपक्षको भूमिकामा हुन्छ: उपमहासचिव वर्षमान पुन

पाल्पा-नेकपा माओवादी केन्द्र०का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले सदन र सडकमा शसक्त ढंगले प्रतिपक्षको भूमिका उठाउने बताउनु भएको छ ।  उहाले माओवादी सरकारमा नगएर जनतामा जाने र आगामी निर्वाचनमा एक्लै चुनावी मैदानमा जाने बताउनुभयो ।

 

पूर्व अर्थमन्त्री पुनले शेयर बजार आधुनिक र कामकाजी बनाउनुपर्ने बताउँदै अर्को स्टक एक्सचेन्जमा विचौलिया खेलिरहेको बताउनुभयो  । सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको बताउनु भएको  छ । सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उहाको आरोप छ ।

 

बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गरेर लानुपर्ने विषयलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताउनुभयो । ‘अध्यादेश जरुरी पर्छ, संविधानले पनि व्यवस्था गरेको छ,’ उहाले भन्नुभयो, ‘अति जरुरी भए मात्र अध्यादेश ल्याउनु उचित भए पनि सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु गलत हो ।’

 

Comments