मनकारी,समाजसेवी राना,जस्ले अध्ययन गरेकाे विद्यालयमा राखे अहिले सम्मै ठुलाे राशिकाे अक्षयकोष
पाल्पा-शुक्रबारकाे दिन बिहानकाे करिब ११ बजेकाे थियाे । बगनासकाली गाउँपालिकाकाे आर्य भञ्ज्याङ्गमा विद्यार्थी,शिक्षक र स्थानीयहरू हातमा काेहिले फूल,कहिले खादा हातमा लिएर बसेका थिए । एक तर्फ पन्चेबाजाकाे बजिरहेको थियाे । भने अर्काे तर्फ अतिथिलाई स्वागत गर्न,स्थानीय,विद्यार्थीहरू आतुर थिए । यति कैमा बगनासकाली वडा न २ निवासी पदम रानाकाे आगमन भयाे र सबैले खुशीले फूलमाला र खादा लगाएर स्कुल तर्फ पन्चेबाजाकाे तालमा सबै जना अगाडि बढे । याे दृश्य हाे,पाल्पाको बगनासकाली स्थित आर्य भञ्ज्याङ्गमा रहेको सिद्वि माध्यमिक विद्यालयमा अध्ययन गरेका पदम रानाकाे स्वागतमा जुटेका शिक्षक,विद्यार्थी र स्थानीयहरूकाे,रानाकाे स्वागत कुनै मन्त्रीकाे आगमनमा गरिएकाे स्वागत भन्दा कम थिएन ।
समाजसेवी रानाले जन्म भुमि नेपालकाे आफ्नै जन्मे,हुर्केको पढेकाे खेलेकाे ठाउँमा आई सामाजिक कार्यमा अग्रसर हुनु भएको छ । यसै क्रममा कक्षा ३ देखि कक्षा ६ सम्म अध्ययन गर्नुभएको विद्यालय सिद्वि माध्यमिक विद्यालयमा ८ लाख ८८ हजार ८ सय ८८ रकमकाे अक्षयकोष स्थापना गर्नुभएको छ । वि स २००८ सालमा स्थापना भएको विद्यालयमा रानाले अहिले सम्मकै सबैभन्दा ठुलाे राशीकाे अक्षयकोष स्थापना गर्नु भएको हाे । अप्रिल १५ तारिका दिन दुबैमा झन्डै ७२ कराेडकाे चिठ्ठा प्राप्त गरेका रानाले मातृभूमि,जन्मभुमि प्रतिकाे मायालाई आत्मसाथ गरि विद्यालयहरूकाे शैक्षिक गुणस्तरीय वृद्धिका लागि अक्षयकोष एवम शैक्षिक सामाग्री,झाेला वितरणलाई तिव्रता दिनु भएको छ ।
त्यस्तै रानाले जिल्लाकाे बगनासकाली गाउँपालिका स्थित जनता प्राथमिक बिद्यालय बगनासकाली २ पोखराथोकलाई ५ लाख ५ हजार ५ सय ५५ काे अक्षयकोष स्थापना गर्नुभएको छ । समाजसेवी ब्यक्तित्व पोखराथोक निबासी पदम राना र उहाको परिवारले करिब ९५ प्रतिशत कुमाल समुदायका बालबालिकाले अध्ययन गर्ने जनता प्राथमिक बिद्यालय, बगनासकाली २ पोखराथोकमा अक्षयकोष स्थापना गर्नु भएको हाे । बिद्यालयका ६० बालबालिकालाई झोला र एक अपांग बालकलाई रूपैयाँ ५ हजार सहयोग प्रदान गर्नु भएको छ । समाजसेवी रानाले बगनासकाली वडान २ पाेखराथाेक विष्णु माध्यमिक विद्यालयमा रूपैयाँ ३ लाख ५ हजार ५ सय ५५ काे अक्षयकोष स्थापना गर्नु भएको छ । त्यस्तै तानसेन वडा न ९ काे दमकडा माध्यमिक विद्यालयका दुष्टिविहानलाई भाेजन दाना सहित १ लाख ५ हजार ५ सय ५५ रूपैयाँकाे अक्षयकोष स्थापना,त्यस्तै खानी छापकाे हिमाल प्रावि १ लाख ५ हजार ५सय ५५ काे अक्षयकोष साथै ४० जना विद्यार्थीलाई झाेला वितरण गर्नु भएको छ । समाजसेवी रानाले हिमाल अाधारभुत विद्यालयमा रूपैयाँ ५ लाख ५ हजार ५ सय ५५ काे अक्षयकोष र ७० वटा झाेला वितरण गर्नु भएको छ । साथै उहाले निकट समयमा नै बगनासकाली गाउँपालिकाका ९ वटा वृद्धा वृद्वालाई लठ्ठी वितरण गर्ने जानकारी दिनु भएको छ ।
शुक्रबार अक्षयकोष स्थापना गर्न सिद्वि माध्यमिक विद्यालयमा पुग्नु भएका रानाले आफु जन्मे,हुर्के, पढे लेखेकाे ठाउमा सहयोग गर्न पाउँदा खुशी भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ "शैक्षिक क्षेत्रकाे विकासले देशकाे विकास सम्भव छ । त्यसैले बगनासकाली गाउँपालिकाका हरेक विद्यालय,संघ सस्थामा पुगी झाेला वितरण,अक्षयकोष स्थापना गरिरहेका छु । साच्चै मेराे जन्म भुमिकाे माटाे पवित्र छ । मेरा अग्रजहरूकाे आशिर्वाद र सानाकाे माया र सद्भावले गर्दा आज सफल भएको छु । मेराे समय र क्षमता भ्याउदा सम्म यहाकाे सामाजिक कार्यमा निरन्तर लागि रहनेछु,उहाले बताउनुभयो । आफु सानाे छदा आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्नबाट बन्चित भएकाे गुनासो सुनाउने रानाले आर्थिक अभावका कारण शिक्षा आर्जन गर्नबाट काेहि पनि बन्चित नहुने भन्ने हेतुका साथ सामाजिक कार्यलाई अगाडि बढाउदै आएकाे बताउनुभयो ।
कार्यक्रममा समाजसेवी रानालाई स्थानीयहरूले पन्चेबाजा सहित स्वागत गरेका थिए । जस्काे समन्वयकर्ता समाजसेवी डेन्जिङ्ग रायमाझी गर्नु भएको थियाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माेहन थापा मगरकाे अध्यक्षता सम्पन्न भएको थियाे ।








































Comments