मुझङुको कालिका मन्दिरमा 'क्यूआर कोड' सन्चालन
पाल्पाको रैनादेवी छहरा गाउँपालिका ५ मुझुङमा रहेको कालिका मन्दिरमा ‘क्यूआर कोड’ प्रणाली मार्फत भेटी दान गर्न सकिने भएको छ । दाताले चढाएको भेटीको दुरुपयोग रोक्न ‘क्यूआर कोर्ड’ लागू गरिएको मन्दिर ब्यावस्थापन समितका अध्यक्ष नरेश कार्कीले जानकारी दिनुभयो ।
कालिका मन्दिरमा प्रमुख अतिथिको रुपमा पुग्नु भएका गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले सूचना र प्रविधिको तिव्र विकास र पहुँचका कारण अव मन्दिर, र देवालय जस्ता धार्मिक क्षेत्रहरुमा डिजिटल प्रविधिको प्रयोग गर्न थालिएको बताउदै अब रैनादेवी छहरा भित्रका मठ मन्दिरमा क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्न जरुरी रहेको बताउनु भयो ।डिजिटल प्रविधिको प्रयोगले धार्मिक क्षेत्रमा हुने आर्थिक अनियमितता रोकिने र सर्वसाधारणलाई पनि सहज हुने भएकोले यस्तो प्रविधि प्रयोगमा ल्याउन थालिएको मन्दिरका सल्लाकार तथा पुर्व डिआईजि राम कार्कीले बताउनुभयो ।
कालिका मन्दिरमा पुगेर क्यूआर कोड हस्तान्तरण गदै माछापुच्छ्रे बैंक लिमिटेड पाल्पाका प्रमुख बिनोद थापाले माछापुच्छ्रे बैंकले संकलित भेटी र दक्षिणालाई डिजिटल प्रविधिमार्फत व्यवस्थापन गर्न तथा अत्याधुनिक बैंकिङ सेवाका प्रयोगकर्तालाई सहज हुने गरी क्यूआर कोड राखेको बताउनु बताउदै क्यूआर कोड राखिएको संस्थाको माछापुच्छ्रे बैंकमा खाता रहेकाले सिधै जम्मा हुने भएकाले भक्तजनलाई समेत रसिद दिनुपर्ने झन्झट हटेको बताउनु भयो ।
कार्यक्रमा वडा अध्यक्ष हुमान सिंह कार्की स्थानीय जनप्रतिनिधि,सामाजिक तथा शिक्षा प्रेमी मानुभावहरुको उपस्थीतमा कार्यक्रम गरिएको हो । कार्यक्रमको सन्चालन मन्दिर ब्यावस्थापन समितिका सचिव अम्बर बहादुर कार्कीले गर्नुभएको थियो ।कालिका मन्दिर पश्चिम पाल्पाको एक महत्पुर्ण धार्मीक स्थल हो ।








































Comments