महिलाहरूलाई उधमी बनाउदै बुटवल सुनचाँदी व्यवसायी संघ

पाल्पा-बुटवल सुनचाँदी व्यवसायी संघले महिलाहरूलाई उधमशिल बनाउन सुनचाँदीका गरगहना बनाउने तालिम प्रदान गरेको छ । संघले २० जना महिलाहरूकाे क्षमता अभिवृद्धि गरि उनिहरूलाइ राेजगारमा जाेड्न ३ महिने सुनचाँदीका गरगहना बनाउने तालिम प्रदान गरेको हाे ।

 

पछिल्लो समयमा पुरूषहरू सँगसँगै महिलाहरू पनि स्वदेशमा राेजगारीकाे अवसर छैन भनी विदेशीने क्रम बढेको छ । साेही कुरालाई मध्ये नजर गरि संघले महिलाहरूलाई स्वराेजगार बनाई उधमशील एवम आत्मनिर्भर बनाउन तालिम प्रदान गरेको जनाएको छ । घरकाे घरायसी काममा व्यस्त रहने महिलाहरू अहिले आफ्ना पुस्ताहरू गर्दै आएका सुनका गरगहना बनाउन व्यस्त देखिन्छन ।

 

सुस्मिता विश्वकर्मा तालिममा सहभागी एक महिला हुन । यस अघि घरमा घरायसी काममा व्यस्त थिईन । अहिले विश्वकर्माले तालिम लिएको करिब ३ महिना हुन लागेको छ । संघबाट प्राप्त तालिम लिए पछि विश्वकर्माले औंठी,झुम्का,सिक्री,लगाएतका गरगहना बनाउन सक्ने भएकी छन । घरमा श्रीमानले पनि सुन काम गर्नु हुन्छ । तालिम पश्चात् श्रीमान र आफु मिलेर व्यवसाय सञ्चालन गर्ने याेजनामा रहेको विश्वकर्माले बताइन । मिहिनेत र परिश्रम गरे असम्भव केही रहेनछ । तालिम लिए पछि धेरै नयाँ कुरा सिक्न पाए । आगामी दिनमा सुनका गरगहना बनाउन सक्छु भन्ने विश्वास रहेको बताइन । 

 

त्यस्तै आन्नद सुनारले कक्षा १२ काे परीक्षा दिएर घरमै बसेका थिए । खाली समय के गरेर सदुपयोग गर्ने भन्ने साेच बनाईरहेका सुनारले तालिम लिनका लागि संघमा आवेदन दिए । उनले तालिम लिएकाे झण्डै ३ महिना पुग्न लागि सकेको छ । उनले अहिले औंठी,सिक्री,झुक्का,बुलाकी,फुली लगाएतका गरगहना बनाउन सक्षम भएका छन । आफ्ना पुस्ताले गर्दै आएकाे कर्म पछिल्लो समयमा हराउदै जान लागेको परिस्थितिमा तालिमले पेशाकाे संरक्षण र पुस्ता हस्तान्तरणमा थप टेवा पुग्ने अपेक्षा रहेको उनी बताउदछ । तालिममा सीप सिक्न पाउँदा धेरै खुशी छु । आगामी दिनमा तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गरि उधमशील बन्ने साेच रहेको सुनारले बताए ।

 

बुटवल सुनचाँदी व्यवसायी संघका नगर अध्यक्ष गाेकुल विश्वकर्माले संघले बुटवल उपमहानगरपालिकाकाे कुल १० लाख बजेटमा २० जना महिलाहरूलाई ३ महिने तालिम प्रदान गरेको बताए । संघ वि स २०७५ साल औपचारिक रूपमा स्थापना भएको बताए । संघले स्थापना काल देखि व्यवसायीहरूकाे हक हित र अधिकारीकाे लागि काम गर्दै आएकाे बताए । आफु वि स २०७७ सालमा संघकाे नगर अध्यक्षमा निर्वाचित भएपछि विभिन्न सकारात्मक कामहरू गर्दै आएकाे बताए । उनले व्यवसायीहरूकाे सेवा सुविधाका बारेमा,व्यवसायीहरूकाे समस्याका बारेमा छलफल एवम अन्तरक्रिया गराउने,व्यवसायीहरूलाई कर सम्बन्धि प्रशिक्षण तालिम प्रदान गर्दै आएकाे बताए । संघले याे बर्ष वुटवल उपमहानगरपालिकासँग सहकार्य गरि महिलाहरूकाे सीप विकास तालिम प्रदान गरेको बताए । तालिमले महिलाहरूलाई उधमी बनाउन सहयोग गर्ने अपेक्षा रहेको बताए ।

Comments