महाकाली मावी मेहलढापलाई पाचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

पाल्पा -रैनादेवी छहरा गाउँपालिकामा सन्चालन भएको पालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली माध्यमिक विद्यालय मेहलढापले जितेको छ । १३ बिधाका खेल मध्य राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, सट पुट लगायतका खेलमा महाकाली माविले ५ स्वर्ण, ५ रजत र ७ कांस्य सहित १७ पदकका साथ रनिङ शिल्ड जित्न सफल भएको हो । प्रतियोगितामा ५ स्वर्ण, र ३ कांस्य सहित ८ पदकका साथ गंगा मावि तान्सीङगल द्वितीय भएको छ । त्यस्तै गौरेदेवी मावि चहलाले ४ स्वर्ण, ३ रजत र २ कांस्य पदक सहित तृतीय स्थान हासिल गरेको थियो ।

 

गाउँपालिका भित्रका १५ सामुदायिक विद्यालयका छात्र छात्राहरूले प्रतियोगितामा प्रतिस्पर्धा गरेको रैनादेवी छहराका शिक्षा शाखा अधिकृत निशा पान्डेले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी हुने विद्यार्थी र विद्यालयलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण गर्दै रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईल स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको बताउदै खेल हार जितका लागि मात्र नभई स्वास्थ्य र अनुशासनका लागि आवश्यक भएको बताउनुभयो ।

पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा गाउँपालिकाका प्रबक्ता देवेन्द्र पुन,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना ८ वटै  वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थीतमा कार्यक्रम सम्पन्न भएको थियो । पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ८ गते उद्धघाट भएर १५ गते समापन भएको थियो ।

 

खेलमा प्रदेश स्तरका रेफ्री दिल बहादुर गाहा र नारायण सारु यस्तै एथ्लेटिक्स तर्फका रेफ्री  नुरराज गैरे र माधव घर्ती रहनु भएको थियो ।कार्यक्रमको सञ्चालन शिक्षा शाखाका राजाराम भाट र महाकाली माविका शिक्षक चन्द्रमणी पौडेलले गर्नुभएको थियो ।कार्यक्रम युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

Comments