मगर संघ अमेरिकाको ९ औॅ वार्षिक साधारण सभा न्युयोर्कमा , अन्तिम तयारी पुरा
विक्रम वारघरे । कोलोराडो । अमेरिका । मगर संघ अमेरीकाले संघको ऐतिहासिक नवौं वार्षिक साधारण सभा साथै २० औॅ बार्षिकोत्सव २०२४ जुलाई २८ को दिन न्युयोर्कमा भब्य रुपमा मनाउन गइरहेको छ । अमेरिकाको बिभिन्न २० भन्दा बढी राज्यका मगरहरुको ऐतिहासिक भेला न्युयोर्कमा हुने भएको छ |
२०२४ जुलाई २४ बुधबारको दिन न्युयोर्कको केन्द्रीय कार्यलयमा भएको अन्तिम तयारी बैठकमा अध्यक्ष याम पुन मगरले कार्यक्रमको अन्तिम तयारीको बारेमा जानकारी दिनुभयो | ऐतिहासिक ९ औं बार्षिक साधारण सभा तथा संघको २० औं बार्षिकोत्सवको उपल्क्षयमा " "शुभकामना साँस्कृतिक साँझ २०२४ ' हुने भएको छ | जसमा मगर समुदायमा प्रचलित भुमे नाच, यानिमाया, कौडा, सालैजो, सिरफुल लगायत नाचको प्रस्तुति रहनेछ । यसैगरि बहु-चर्चित गायक जगदिश समाल मगर , चर्चित लोक तथा दोहोरी गायिका संगिता थापा मगर , आशा पुन मगर , राजेश थापा मगर र दिलिप श्रीष मगर लगायत कलाकारहरुको साङगितिक प्रस्तुति पनि रहनेेछ ।
साधारण सभालाई समुदघाटन समारोह , बन्दसत्र र शैक्षिक अन्तरक्रिया कार्यक्रम गरी ३ चरणमा सम्पन्न हुने अध्यक्ष पुन मगरले बताउनु भयो । त्यस्तै कार्यक्रममा विभिन्न ५ विधामा ८ जना मगर विद्यार्थीलाई छात्रवृत्ति पनि वितरण गर्दै छ । संघले अमेरिका भित्र वसोवास गर्ने मगरहरुको जनगणना सर्वेक्षण गरिसकेको र सर्वेक्षण घोषणा यहि साधारण सभामा प्रस्तुत गरिने भएको छ ।
२० औं बार्षिकोत्सवको समारोहमा मगर संघ अमेरिकाको बिगत देखि बर्तमान सबै समेटेर ''मगर संघ अमेरिका २० बर्ष ( बिगतलाई हेर्दा ) पुस्तक बिमोचन गरिने भएको छ । सभामा मगर संघ अमेरिका स्थापना गर्न अग्रहनिय भुमिका खेल्नु हुने संस्थापक टिमलाई बिशेष सम्मान पनि गरिने भएको छ | नेपालको पहिलो संबिधान सभाका संभासद , जेष्ठ नागरिक तथा अग्रज मगर अभियान्ता पुर्ण बहादुर राना मगर साथै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका संग आवद्व न्युयोर्कमा क्रियाशिल बिभिन्न जातिय संस्थाहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न हुने मगर संघ अमेरिकाका पश्चिम क्षेत्रिय उपाध्क्षय टेक बहादुर थापा मगरले जानकारी दिनुभयो ।








































Comments