"म बनाउँछु मेरो रिब्दीकोट"अभियान अन्तर्गत रिब्दीकोट ख्याहा स्थित छत्रदेवालय परीसर सरसफाइ
पाल्पा-देशमा संघीय व्यवस्थाको अवधारणा आएसँगै अहिले तीन तहका सरकार रहेका छन । सोहि अनुरूप देशमा तीन तहका सरकार संस्थागत पनि हुदै गएको देखिन्छ । विशेष गरि स्थानीय सरकार जनताको नजिक सरकार हो । जनतालाई नजिकबाट सुन्ने, देख्ने र हेर्ने स्थानीय सरकार नै हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था अन्तर्गतको स्थानीय सरकार मध्ये पाल्पाको रिब्दीकोट गाउँपालिका पनि एक स्थानीय सरकार हो । रिब्दीकोट गाउँपालिकाले जनतासँगको सामञ्जयता कायम गर्न स्वयंसेवी अभियान अन्तर्गत "म बनाउछु मेरो रिब्दीकोट" अभियान सञ्चालन गरिरहेको छ । जनताहरुमा आफुले गर्न सक्ने स–साना कामहरु समेत स्थानीय, प्रदेश र संघीय सरकारको मुख ताक्नु पर्ने र जथाभावी रुपमा सरकारी बजेट खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी स्वयंसेवी भावनाबाट टोल, वडा तथा पालिकाका स–साना कामहरु विना लगानी मै सजिलै गर्न सकिने गरी गाउँपालिकाले स्वंयसेवी अभियान सञ्चालन गरिरहेको हो ।
चुनावी घोषणा पत्र, आर्थिक बर्षको नीति तथा कार्यक्रममा स्वंसेवी भावनाबाट रिब्दीकोटमा सामाजिक जागरण अभियान सञ्चालन गरी जनतालाई स्वंयसेवी बनाउँदै सामाजिक काममा सक्रिय गराउने गरी पालिकाले ‘म बनाउछु, मेरो रिब्दीकोट’ अभियान सञ्चालन गरिरहेको छ । गाउँपालिकाले अभियानका विगतका बर्षहरूमा हार्थोकदेखि, बतासेसम्मको मुख्य सडकमा झारपात गोडमेल, सडकको फोहोर संकलन, सडकका स–साना खाल्टा खुल्टी मिलाउने, सडक खाल्टा खुल्टीमा माटो गिट्टी हाल्ने, झाडी सफा गर्ने, स–साना पहिरो पन्छाउने,रिब्दीकोट गाउँपालिकाको वडा न ५ मा अवस्थित धार्मिक एवम पर्यटकिय स्थल जलेश्वर मन्दिर परिसर सरसफाइ गरेको थियो ।
सोही अभियानलाई निरन्तरता दिदै गाउँपालिकाले वडा न। १ ख्याहा स्थित श्री छत्रदेवालय परीसर सरसफाइ गरेको छ । गाउँपालिकाले आ.व.२०८०र०८१ को वार्षिक समीक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन तथा म बनाउँछु मेरो रिब्दीकोट सफाइ अभियान २०८१ अन्तर्गत वडा न १ को छत्रदेवालय परीसर सरसफाइ गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । गाउँपालिकाले नागरिकहरूमा स्वयंसेवी भावनाको विकास गर्न,पछिल्लो समयमा पर्यटकको रोजाई बनिरहेको सेल्फीडाडाँ,छत्रदेवालय परीसरको सरसफाइ गरि आन्तरिक पर्यटन प्रवर्द्वन गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले गाउँपालिकाले म बनाउछु मेरो रिब्दीकोट कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । अभियानमा जोडिनु भएका सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी,सम्बन्धि सरोकारवालाहरूलाई धन्यवाद दिदै आगामी दिनमा समन्वय र सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल, पालिकाका ८ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका अन्तर्गतका कर्मचारीहरु, सम्पुर्ण वडाका वडा सदस्यहरु लगाएत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा रिब्दीकोट गाउँपालिका वडा न। १ ख्याहामा अवस्थित पर्यटकिय स्थल छत्रदेवालयमा कार्यक्रम सभ्य, भब्य रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा आ।व। २०८०र०८१ को वार्षिक प्रतिवेदन प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित सम्पुर्णलाई रिब्दीकोट गाउँपालिका वडा न। १ का वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले स्वागत गर्नुभएको थियो ।








































Comments