लायन्स क्लब अफ पाल्पाद्वारा ट्राफिक सचेतना अभियान

पाल्पा – लायन्स क्लब अफ पाल्पाले ट्राफिक नियमका महत्वका बारेमा जनचेतना फैलाउन विशेष ट्राफिक सचेतना कार्यक्रम तानसेन वडा न ६ बसपार्कमा आयोजना गरेको छ । कार्यक्रममा स्थानीय बासिन्दा र चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

कार्यक्रम अन्तर्गत सडकमा सचेतना कार्डहरू, ट्राफिक नियमको पालना गर्ने तरिकाहरूको जानकारी र ट्राफिक संकेतहरूको महत्त्वका बारेमा पाल्पा जिल्लाका ट्राफिक प्रमुख राम प्रसाद खनाले जानकारी दिनु भएको थियाे । उहाले नियम उल्लङ्घन गर्दा हुने जोखिमका बारेमा जानकारी दिँदै सहभागीहरूलाई सुरक्षित यात्रा गर्न प्रेरित गर्नु भएको थियाे ।

 

कार्यक्रममा लायन्स क्लब अफ पाल्पाका अध्यक्ष समीर मान सिङले अभियानकाे महत्त्व र उद्देश्य प्रस्ट पार्नुभयो । उहाँले  सडक सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो । ट्राफिक नियमको पालना नगर्नु केवल आफ्नै जीवनको जोखिम मात्र नभई अरूका लागि पनि खतरनाक हुन सक्ने हुदा यो अभियानले ट्राफिक नियमहरू प्रति जागरूकता फैलाउने मात्र नभई, सुरक्षित र अनुशासित यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्वास लिएकाे बताउनुभयो । 

 

कार्यक्रमम लायन्स क्लब अफ पाल्पाका पदाधिकारीद्वारा सडक दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने  सचेतना सामग्री वितरण गरिएकाे थियाे । अभियानले ट्राफिक नियमको पालना गर्ने संस्कार प्रवर्द्धन गर्दै सुरक्षित समाज निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको लायन्स क्लब अफ पाल्पाका सचिव तुम्ला बज्राचार्यले बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अफ पाल्पाका पुर्व अध्यक्ष माेहन प्रसाद श्रेष्ठ,मधु दयाल शैजु,सीता बस्नेत,शशी श्रेष्ठ, नि अध्यक् कमला शर्मा,प्रथम उपाध्यक्ष हरि रायमाझी,द्वितीय उपाध्यक्ष अजय बहादुर श्रेष्ठ,तृतीय उपाध्यक्ष विनायक महर्जन,किशाेर दर्शन बज्राचार्य,यक्ष श्रेष्ठ लगाएतकाे उपस्थिति रहेको थियाे ।

Comments