लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीको तेस्रो चार्टर सेलिब्रेसन सम्पन्न
पाल्पा । लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीले आफ्नो तेस्रो चार्टर सेलिब्रेसन सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका गभर्नर बलराम भट्टराईले लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीले छोटो समयमै समाजसेवामा पुर्याएको उदाहरणीय योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले क्लबले स्थानीय समुदायमा पुर्याएको सकारात्मक प्रभाव उल्लेखनीय रहेको बताउँदै, यस्तो समर्पित र सक्रिय टोलीले पाल्पाको नाम राष्ट्रिय स्तरमा चिनाउने क्षमता राखेको बताउनुभयो ।
उहाँका अनुसार, क्लबले सुरु गरेको मानसिक स्वास्थ्य ९मेन्टल हेल्थ० सम्बन्धी जनचेतना अभियान देशभरका अन्य क्लबहरूका लागि पनि प्रेरणादायी उदाहरण बन्ने बताउनुभयो । उहाँले उक्त अभियानलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । साथै, क्लबको दोस्रो क्याबिनेट पाल्पामै आयोजना गरिने जानकारी दिँदै उहाँले यसलाई पाल्पाको सामाजिक र सेवा क्षेत्रको ठूलो उत्सवका रूपमा मनाइने बताउनुभयो ।
जोन चिफ सन्दीप कसुज र एरिया चिफ गंगा बहादुर खत्रीले पनि क्लबले गरेका कार्यहरू उत्कृष्ट रहेको उल्लेख गर्दै, क्लबबीच समन्वय, सहकार्य, साझेदारी र संवादलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीका अध्यक्ष रूक्मागत भट्टराईले तेस्रो चार्टर सेरेमोनि सेलिब्रेसन सफलता पूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँका अनुसार क्लबले समाजसेवाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत बगनासकाली–२ मा आयोजना गरिएको दन्त शिविरमा १५० जनाले सेवा लिएका थिए ।
त्यसैगरी, दोस्रो हङ्गर रिलिफ कार्यक्रम अन्तर्गत ऋषिकेश्वरमा दान तथा भोजन वितरण, कपडा वितरण, पाल्पा सीबीआरका बालबालिकालाई वार्षिक १० हजार रुपैयाँ छात्रवृत्ति, एक जना बालकलाई १० हजार नगद सहयोग, १० जना श्रमिकलाई पोशाक वितरण, वृक्षरोपण तथा १४ जना नयाँ सदस्यलाई क्लबमा स्वागत गरिएको छ । कार्यक्रम क्लबका अध्यक्ष रूक्मागत भट्टराईको अध्यक्षता र सचिव जयराम सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो ।








































Comments