लायन्स क्लब अफ पाल्पा रानीमहलले विद्यार्थीलाई झाेला वितरण

पाल्पा- जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था लायन्स क्लब अफ पाल्पा रानीमहलले तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा स्थित जुकियाकाे नव दुर्गा प्राथमिक विधालयका विद्यार्थीहरूलाई भाग्य बाेक्ने झाेला वितरण गरेको छ । मंगलबार एक औपचारिक कार्यक्रमका बिच क्लबले विद्यालयमा पुगी १८ जना विद्यार्थीलाई झाेला वितरण गरेको हाे । सामाजिक कार्यमा सकृय रहेका युवाहरूले आफ्नाे व्यक्तिगत रकम खर्च गरि जिल्लाका सामाजिक कार्यमा काम गर्दै आएका छन ।

 

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ पाल्पा रानीमहलका सस्थापक अध्यक्ष  तथा रिजन चियर प्रसन गंगा खत्रीले क्लबले हरेक महिना एक सामाजिक कार्य अनुरूप प्रत्येक महिना विभिन्न व्यक्ति,संघ सस्थामा पुगी कार्यक्रम गर्दै आएकाे बताउनुभयो । बिशेष गरि युवाहरू संगठित भएको क्लबले निस्वार्थ रूपमा क्लबका सदस्यहरूबाट व्यक्तिगत रूपमा रकम संकलन गरि भाैगाेलिक,आर्थिक रूपमा पछाडि परेका व्यक्ति,संघ सस्थामा पुगी सामाजिक उत्तरदायीत्ब भावना अनुरूप सामाजिक कार्य गर्दै आएकाे बताउनुभयो । 

 

कार्यक्रममा विद्यालयका सस्थापक अध्यक्ष निर्मल राना भाटले लायन्स क्लब अफ पाल्पा रानीमहलले  १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीलाई झाेला वितरण गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीकाे पढाईमा थप सहज हुने बताउनुभयो । 

 

तानसेन वडा न ११ का वडा सदस्य गिता ठडराईले क्लबले गरेको झाेला वितरण कार्यक्रमले विद्यार्थीकाे शैक्षिक ज्ञान वृद्धिमा टेवा पुग्ने भन्दै प्रशंसा गर्नुभयाे । साथै आगामी दिनमा सामाजिक कार्यमा निरन्तरताकाे शुभेच्छा व्यक्त गर्नुभयाे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चिना काफ्ले,पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुकुल राज घिमिरे,समाजसेवी कृष्ण गहतराज,शिक्षक अभिभावक संघ अध्यक्ष ममता राना भाट,शिक्षिका भगवती ज्ञवाली,गाैरूपमा राना,लायन्स क्लब अफ पाल्पा रानीमहलका काेषाध्यक्ष बिष्णु पाैडेल,मार्केटिङ कम्युनिकेसन अफिसर भुवन कुमार जाेसी,ट्यामर मधु सुधन पराजुली लगाएतकाे उपस्थिति रहेको थियाे । 

 

कार्यक्रम क्लबका प्रथम उपाध्यक्ष राजेश कुमार भट्टराईकाे स्वागत,सचिव करूणा काफ्लेकाे सञ्चालन र लायन्स क्लब अफ पाल्पा रानीमहलका अध्यक्ष काेसिस भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments