लियो क्लब अफ पाल्पा द्वितीयको आयोजनामा फाल्गुन ४ र ५ क्रिकेट प्रतियाेगिता हुने !

पाल्पा-पाल्पाली क्रिकेट खेलाडीहरुको क्रिकेट खेल बिकासका लागि क्रिकेट नेट बनाउने उद्देश्य सहित लियो क्लब अफ पाल्पा- द्वितीयको आयोजनामा फागुन ४ र ५ गतेका दिन  ``SIGNATURE PROJECT DOWNTOWN KNOCKOUT CRICKET TOURNAMENT PHASE-2´ हुने भएको छ । प्रतियाेगिता पाल्पाकाे तानसेन नगरपालिका वडा न ७ स्थित प्रभास एल एम सि खेल मैदान र बाघखोर मैदानमा हुने लियाे क्लब अफ पाल्पा द्वितीयका कार्यवाहक अध्यक्ष विक्रम घिमिरेले बताए । 

      

खेलमा सहभागी समुहले दर्ता शुल्क:- १ हजार ९ सय ९९ रूपैयाँ तिर्नुपर्ने छ । प्रतियाेगितामा प्रथम हुनेले रुपैया १० हजार नगद ,प्रमाणपत्र र मेडल,द्वितियले रुपैया ५ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन । खेलमा बेस्ट ब्याटस म्यान, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट म्यान अफ द फाइनल र उदयमान खेलाडीलाई प्रमाणपत्र र मेडल प्रदान गरिने आयाेजकले जनाएका छन । 

  

Comments