लान्यस क्लब अफ पाल्पा तानसेनको आयाेजनामा प्लान्ट प्रिजर्भेसन कार्यक्रम सम्पन्न
पाल्पा-"हामी सेवा गर्छौ " भन्ने मूल नाराको साथ लान्यस क्लब अफ पाल्पा तानसेनको आयाेजनामा प्लान्ट प्रिजर्भेसन कार्यक्रम सम्पन्न भएको छ । क्लबले तानसेन टुडिखेलमा विगतका समयमा लगाएका बिरूवाहरूकाे संरक्षण, जैविक विविधता संरक्षण, र पर्यावरणीय सन्तुलन कायम गर्न योगदान गर्ने हेतुका राेपण गरिएका बिरुवा संरक्षण गर्न कार्यक्रम गरेको हाे ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट एडभाइजर प्रदिप प्रसाद उदयले जैविक विविधताको संरक्षण,पर्यावरण सन्तुलन कायम राख्ने, अनुसन्धान र शैक्षिक उपयोग,औषधीय र आर्थिक महत्त्वका बिरुवाको संरक्षण,समुदायलाई संलग्न गराउन सरकार ध्यान दिनुपर्ने आवश्यक रहेको कुरामा जाेड दिनुभएको छ । प्लान्ट प्रिजर्भेसन कार्यक्रमले प्राकृतिक स्रोतको दिगो उपयोग र भविष्यका पुस्ताका लागि जैविक विविधताको रक्षा गर्न महत्त्वपूर्ण योगदान पुर्याउँने बताउनुभयो । यसलाई सफल बनाउन सरकार, गैरसरकारी संस्था, वैज्ञानिक समुदाय, र स्थानीय जनता सबैको सक्रिय भूमिका आवश्यक बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ,लायन्स क्लब पाल्पा तानसेनका संस्थापक अध्यक्ष सागर मान महर्जन तथा स्पोन्सर क्लबका अध्यक्ष समिर मान सिंह,लायन लक्ष्मण रेग्मी,अमन श्रेष्ठ,नवीन आर्चाय,धिरज बज्राचार्य,विवेक काजी शाक्यको विशेष उपस्थिति रहेको थियो । बिरुवा रोप्ने मात्र होइन त्यसको संरक्षण पनि गर्नुपर्दछ भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रम गरिएको लायन्स क्लब अफ तानसेन अध्यक्ष राजिव कुमार शाहले बताउनुभयो ।








































Comments