लुम्बिनीको स्वास्थ्य रूपान्तरण: पहुँचदेखि प्रभावसम्मको यात्रामा प्रदेश सरकार
लुम्बिनीमा स्वास्थ्य सेवा अब पहुँचको सवाल मात्र रहेन, प्रभावको प्रमाण पनि बन्न थालेको छ । प्रदेशले पछिल्ला केही वर्षयता जनस्वास्थ्य सेवामा गरेको लगानी र ध्यानले नयाँ मोड लिएको छ । आर्थिक वर्ष २०८१/ ८२ मा प्रदेश सरकारद्वारा भएका कार्यक्रम, सेवा विस्तार, भौतिक पूर्वाधार र नीतिगत सुधारहरू हेर्दा यो भनाइ पुष्टि हुन्छ – स्वास्थ्य अब प्राथमिकतामा परेको मुख्यमन्त्री चेतानारायण आर्चायले बताउनु भयो ।उहाले “लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै सर्वसाधारणको पहुँचमा गुणस्तरीय सेवा पुर्याउने लक्ष्य लिएको छ ।
संस्थागत प्रसूति, पूर्ण खोप, जटिल रोगको उपचार, किशोरी पोषणदेखि लिएर अत्याधुनिक अस्पताल निर्माणसम्मका कार्यक्रमले जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइरहे का छन्। अब सेवा खोज्न धेरै टाढा जानुपर्ने अवस्था हट्दैछ, सेवा घरदैलोमै पुगेको छ आर्चायले भन्नु भयो ।”जटिल रोगी र जेष्ठ नागरिकलाई घरदैलोमै सेवा ३ हजार ८५१ जना जटिल रोगीलाई आर्थिक सहयोग दिएको तथ्याङ्क रहेको छ। त्यत्तिमात्र होइन, ८० वर्षभन्दा माथिका ३९ हजारभन्दा बढी जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा पु¥याउनु एक प्रकारको सामाजिक न्याय भएको देखिएको छ । किशोरीको स्वास्थ्यप्रति संवेदनशीलता ५२ हजारभन्दा बढी किशोरीको रक्त परीक्षण गरिएकोमा ४१% मा रक्तअल्पता देखिनु प्रदेशको लागी लागि चुनौती हो भने, त्यसको उपचारसहित पुनर्जागरण कार्यक्रम सञ्चालन गर्नु समाधानतर्फको साहसिक कदम हो। किशोरीहरूको पोषण सुधारमा यस्तो हस्तक्षेप दीर्घकालीन परिवर्तनको बाटो हो ।
आधारभूत पूर्वाधारमा ठूला फड्को प्रदेशले ७ ठूला स्वास्थ्य संरचनाको निर्माण सम्पन्न गरिसकेको छ भने अन्य ७ अन्तिम चरणमा छन्। भीम अस्पताल, पृथ्वीचन्द्र अस्पताल, राप्ती प्रादेशिक अस्पताल, कपिलवस्तु आयुर्वेद अस्पताल जस्ता संस्थाहरूमा भवन निर्माण, तला थप तथा आवास भवनहरू निर्माण हुनु स्वास्थ्यकर्मी र सेवाग्राही दुबैका लागि उपलब्धि हो | १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल
लुम्बिनी प्रदेशको सबैभन्दा बढी जनघनत्व भएको बुटवलमा, १२ तले र १,२०० शैयाको सुविधासम्पन्न लुम्बिनी प्रादेशिक अस्पताल निर्माण कार्य ६ अर्ब १८ करोड लागतमा शुरु भएको छ। २०८५ साल पुससम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो अस्पतालको भौतिक प्रगति एक वर्षमै २७ प्रतिशत पुगेको छ |
यो अस्पतालले न केवल अत्याधुनिक सेवा सुलभ मूल्यमा दिनेछ, बरु बुटवल–भैरहवा क्षेत्रलाई आर्थिक हव बनाउने प्रदेश सरकारको दीर्घकालीन रणनीति पनि हो। यो नेपालकै सरकारी अस्पतालमध्ये उत्कृष्ठ भौतिक पूर्वाधार बन्ने अपेक्षा गरिएको छ । गाउँगाउँमा ल्याब सेवा र रोभिङ नर्स गाउँका गर्भवती महिला र बालबालिकाका लागि ‘ल्याब सेवा’ अब गाउँमै भेटिन थालेको छ। रगत, ब्लड ग्रुप, एक्स–रेजस्ता सेवा टोलमै पुगेका छन्। १३ स्थानीय तहमा रोभिङ नर्सले पोषण, मानसिक स्वास्थ्य र परामर्श सेवा घरमै दिन थालेका छन् |
'मानसिक स्वास्थ्य रणनीति र मृगौला सेवा विस्तार'
लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति (२०८१/२०८६)’ लागू गरेर प्रदेशले मानसिक स्वास्थ्यलाई पहिलोपटक मुख्यधारामा ल्याएको छ। यसका साथै ८ जिल्लामा मृगौला डाइलाईसिस सेवा सुरु भइसकेको छ भने कपिलवस्तु र अर्घाखाँचीमा थप विस्तारको तयारी छ । डिजिटल ट्र्याकिङ र विशेषज्ञ सेवा विस्तार सवारीसाधनमा GPS ट्र्याकिङले पारदर्शिता र जवाफदेहिताको सन्देश दिएको छ |
स्वास्थ्य क्षेत्रको सेवा प्रवाह र प्रगति :- यस क्षेत्रका मुख्य कार्य र उपलब्धीहरु निम्नानुसार छन :-
लुम्बिनी प्रादेशिक अस्पताल
-लुम्बिनी प्रदेशको उच्च घनावस्ती रहेको र सबैभन्दा बढी सेवाग्राही आउने बुटवलमा सुविधासम्पन्न १२ तले 1200 शैया रहने यो अस्पतालको भवन 6 अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी यस वर्ष शिलान्यास भई कार्यारम्भ भएकोमा भौतिक प्रगति एक वर्ष भित्रको अवधिमा २७ प्रतिशत हुनु उत्साहजनक रहेको छ | नेपालका समग्र सरकारी अस्पताल मध्ये उत्कृष्ठ भौतिक पुर्वाधार सहितको अत्याधुनिक सेवाहरु सुलभ मुल्यमा उपलब्ध गराउने लक्ष्य प्रदेश सरकारको रहेको छ। साथै बुटवल भैरहवा क्षेत्रलाई समग्र आर्थिक हवको रुपमा विकास गर्ने लक्ष्यलाई समेत यो परियोजनाले टेवा पुर्याउने नै छ।








































Comments