लक्ष्मी माध्यमिक बिद्यालय तानसेन-५,बन्दिपोखराको ६० औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न
पाल्पा-लक्ष्मी माध्यमिक बिद्यालय तानसेन-५,बन्दिपोखरा पाल्पाको ६० औं बार्षिकोत्सव एवं अभिभावक दिवस समारोह सम्पन्न भएको छ । कार्यक्रममा उद्घाटन लुम्बिनी प्रदेशका सांसद,पुर्व मन्त्री वीर बहादुर रानाले गर्नु भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद रानाले नेपालमा एकात्मक राज्य व्यवस्थाकाे अन्त्यसँगै अहिले मुलुक संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था रहेको बताउनुभयो । संघीय लाेकतान्त्रिक गणतन्त्रात्क राज्य व्यवस्थासँगै देशमा तीन तहका सरकार रहेको बताउनुभयो । नेपालकाे शैक्षिक प्रणालीलाई व्यवहारिक र प्रविधिमैत्री बनाउन देशका तीन तहका सरकारले नै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सांसद रानाले पछिल्लो समयमा विद्यालयहरूमा विद्यार्थीहरूकाे सख्या घट्दै जानू चिन्ताकाे बिषय रहेको बताउनुभयो । हिजाे विद्यालयहरूमा भाैतिक संरचना थिएनन तर विद्यार्थीहरूकाे सख्या बढि थियाे । अहिले भाैतिक संरचना छ । तर विद्यार्थीहरूकाे सख्या दिन प्रतिदिन घट्दै गइरहेकाले समय सापेक्ष र व्यवहारिक शिक्षाकाे जाेड दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । पछिल्लो समयमा बसाइँसराइ तथा जनसंख्या ऋणात्मक रहेकोले विद्यार्थीकाे सख्यामा केही कमि आएता पनि सामुदायिक बिद्यालय प्रति भने विद्यार्थीकाे आकर्षण बढ्दै गएको कारण अभिभावकहरु आत्तिन नहुनेमा जोड दिदै बिद्यालयको बिकासमा सहयोगी रहने बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बिद्यालयले जिल्लामा बेग्लै पहिचान बनाउन सफल भएको बताउनुभयो । विद्यालयले प्राविधिक धारकाे शिक्षा मार्फत बिद्यार्थीहरुलाई जिबिकोपार्जन गर्न सक्षम बनाउनुपर्नेमा जोड दिनुपर्ने बताउदै प्राविधिक कृषि धारकाे शिक्षालाई बलियो बनायर अगाडि बढ्न सुझाव दिनुभयो । कार्यक्रमका अतिथि नारायण बहादुर रावलले बिद्यालयको शिकाइ स्तरमा वृद्धि गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षकबीच घनिष्ट सम्बन्ध हुनुपर्नेमा जोड दिदै अभिभावकहरुले पनि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर प्रबक्ता यादव सिंङ कार्की,नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्र राज घिमिरे ,नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाखर न्यौपाने ,नेकपा माओवादीका पार्वती बिश्वकर्मा सामना , पुर्व बिद्यार्थी बाबुराम बोहरा ,संस्थापक प्र अ शालिकराम रावल ,पुर्व अध्यक्ष बुद्ध बहादुर रावल,पुर्व प्र अ धातानन्द शर्मा, बेणिमाधव बस्याल ,बिनोद घिमिरे ,सदिक्षा बश्याल,बिष्णु बहादुर कार्की ,बिदुर घिमिरे ,लक्ष्मण बहादुर रावल,तुल बहादुर रावलले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सिग्देलले २ कराेड ५७ लाख ७३ हजार ३ सय ७२/१९ पैसाको आय व्यय विवरण सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा सीता पान्डेयले स्वागत राख्नु भएको थियोे । कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक ,बिद्यार्थी एवम अक्षयकोष दातामहानुभावहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन डिल्लीराज शर्माले गर्नु भएको थियो । कार्यक्रमको बीच बीचमा बिद्यार्थीहरुले गीत एवं नृत्य समेत प्रस्तुत गरेका थिए ।








































Comments