लोक गायक हुम गैरेलाई दशक गायक सम्मान २०८० प्रदान
नेप्को ईन्टरटेनमेन्ट म्यूजिक अवार्ड २०८० को फाईनल कार्यक्रम अनुपम फुड ल्याण्ड काठमाण्डौंमा सम्पन्न भब्यता पुर्वक भएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्टपति प्रमानन्द झाको प्रमुख आतिथ्यता अनि गायक सर्जक जित सागर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीत संगीत संग सम्बन्धीत १७ बिधाका करीब ३१ जना कलाकारहरुलाई सर्बोत्कृष्ट अवार्ड बितरण गरीयको थियो ।
सो कार्यक्रममा चर्चित गायक तथा सर्जक हुम गैरेलाई दशक गायकको रुपमा सम्मन प्रदान गरीयको थियो । पाल्पा जिल्ला निस्दी गाउँपालिका ५ गल्धामा बुवा पुर्ण सिं गैरे र आमा कल्पना गैरेको कोखबाट जन्म लिई नेपाली मौलिक लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत दुई दशक देखी निरन्तर रुपमा कृयाशिल गायक गैरे लोक दोहोरी गित,संगीतको मर्म,मान्यता र मर्यादालाइ उच्च राखी यसको श्री बृद्धिमा निरन्तर लागी रहेका छन् ।
नेपाली लोक तथा दोहोरी गीत,लोक कला,साहित्य एवं समग्र गीत संगीतको क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहि गायनको माध्येमबाट नेपाली लोक संगीतको क्षेत्रलाई उचाईमा पुर्याउन अनब्रत रुपमा लागी परि रहेका एक होनहार गायक तथा सर्जकलाई सम्मानित गर्न पाउँदा कार्यक्रमको गरीमा अझ बढेको कुरा आयोजक समितीका अध्यक्ष जित सागर राउतले बताए ।
बरिष्ठ अग्रज कलकार डा.भोला रिजाल,बरिष्ठ लोक गायिका सर्मिला गुरुड संगै आफु पनि सम्मानित हुन पाउँदा गर्भले छाति फुलेको र गीत संगीतमा अझ शसक्त भएर लाग्ने उर्जा मिलेको कुरा दशक गायकको रुपमा सम्मानित गायक गैरेले बताए ।








































Comments