लघुवामा नेपाल स्काउट आदर्श लघुवा ट्रपको दीक्षान्त समारोहका सम्पन्न

पाल्पा । रिब्दीकोट गाउँपालिका २ स्थित आदर्श माध्यमिक विद्यालय लघुवामा आयोजित नेपाल स्काउट आदर्श लघुवा ट्रपको दीक्षान्त समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ ।

 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष तथा स्थानीय स्काउट संरक्षक नारायण बहादुर कार्कीले स्काउट संस्थाले समाज सेवा गर्ने महत्वपूर्ण भूमिकामा रहेर बताए । उनले दीक्षित विद्यार्थीहरूलाई समाजसेवाको भावना आत्मसात गर्दै अघि बढ्न प्रेरित गरेको बताए ।

 

कार्यक्रमका विशेष अतिथि गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीे तथा वडा नम्वर २ का वडा अध्यक्ष ओम प्रसाद पोखरेलले स्रोत व्यक्ति गोपाल के.सी., लुम्बिनी प्रदेश स्काउट सदस्य सुशीला गोदारलगायत विभिन्न सरोकारवाला पक्षहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल स्काउट संस्था केवल नेपालमा मात्र नभई विश्वव्यापी रूपमा समाज सेवा गर्ने प्रतिष्ठित संस्था भएकोले यस कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता भएको थियो ।

Comments